काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ(बामगती प्रोस्कून) ले सहकारीका समस्या समाधान विषयमा एक दिने गोष्ठी आयोजना गरेको छ । संघको आयोजना र बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयको साझेदारीमा १३ वटै जिल्लाका बचत ऋण सहकारीका प्रतिनिधिहरुको सहभागितामा काठमाडौंमा आज गोष्ठी सम्पन्न भएको हो ।
बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा भएको गोष्ठीको बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठले उद्धघाटन गरेका थिए । संघका अध्यक्ष सापकोटाले गोष्ठी आयोजना गर्नुको उदेश्य माथि प्रकाश पार्दै प्रदेशमा रहेका सहकारीहरुको समस्या पहिचान गरी समाधानको उपाय खोज्न गोष्ठी आयोजना गरिएको बताए । बागमतीमा ४ हजार ९ सय बचत ऋण सहकारी संस्था सञ्चालनमा रहेको र १३ वटै बचत संघले ती संस्थाहरुको विकास र प्रवद्र्धनका लागि काम गर्दै आएको उनले बताए । बागमती प्रदेशले सरकारबाट स्वीकृत लिएर कोसिस (स्तरीकरण) कार्यक्रम सञ्चालन गरेको पनि उनले जनाए ।
सदस्यहरुको बचतको सुरक्षाको लागि कोसिस कार्यक्रमले सघाउने उनको भनाई छ । स्तरीकरण कार्यक्रममा आवद्ध भएका संस्थाहरु बैंक भन्दा राम्रो रहको भन्दै स्तरीकरण कार्यक्रम संचालन गरेका अष्ट्रेलिया कोरिया लगायतका देशमा यो कार्यक्रमले सहकारीको गुणस्तर वृद्धिमा सहयोग गरेको उनले जनाए । अध्यक्ष सापकोटाले अध्यादेशले सहकारीका संघहरुले गर्ने वित्तीय कारोबारमा छेकबार लगाएको भन्दै अन्तर लगानीलाई निरन्तरता दिन अभियानको एउटै आवाज हुनुपर्नेमा जोड दिए । अन्तर लगानीले सहकारी संघ संस्थालाई सहयोग पुगेको भन्दै उनले बैंक बन्नको लागि यो कार्यक्रम नगरेको प्रष्ट पारे । प्रदेशमा देखिएका सहकारीको समस्यामा गहन छलफल गरी समस्या समाधान गर्न अभियान र राज्यको भूमिका के हुने भनेर गोष्ठीमा खोजि गर्ने उनको भनाइ थियो ।
कार्यक्रममा बागमती प्रदेश सहकारी मन्त्रालयका सचिव रुद्र प्रसाद लामिछाने, बागमती प्रोस्कूनका संचालक तथा १३ वटै जिल्लाका साकोस प्रतिनिधिहरुको सहभगिता रहेको थियो । कार्यक्रममा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा तथा बागमती प्रोस्कूनका प्रमुख कार्यकारी अधिकृत केशव दाहालले कार्यपत्र प्रस्तुत गरेका थिए ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com