काठमाडौँ । नेपालस्थित पाकिस्तानी दूतावासले नेपालका १०२ विद्यालयका १९५ विद्यार्थीलाई पुरस्कार तथा छात्रवृत्ति प्रदान गरेको छ । काठमाडौँमा बिहीबार आयोजित कार्यक्रममा ती विद्यार्थीलाई १३ औँ राजदूत वार्षिक छात्रवृत्ति प्रदान गरिएको हो । पाकिस्तानी दुतावासका अनुसार राजदूत राजदूत छात्रवृत्ति कार्यक्रम २०१३ देखि नियमित रूपमा आयोजना हुँदै आएको छ ।
अध्ययनमा निरन्तर राम्रो प्रदर्शन गरेकोमा एक प्रतिभाशाली विद्यार्थीलाई ल्यापटप पनि प्रदान गरिएको थियो । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले पाकिस्तानले विशेष गरी शिक्षाको क्षेत्रमा निरन्तर प्राविधिक सहयोग गरेकोमा प्रशंसा गर्नुभयो । यो पाकिस्तान र नेपालबिचको घनिष्ठ मैत्रीपूर्ण सम्बन्धको प्रतिबिम्ब भएको बताउँदै उहाँले यस्तो सहयोगले दुई देशका युवालाई साझा दृष्टिकोणबारे बुझाउन लामो दीर्घकालीन रूपमा काम गर्ने विश्वास गर्नुभयो ।
नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हाश्मीले पाकिस्तानले छात्रवृत्ति कार्यक्रम र नेपालका उच्च माध्यमिक तहका विद्यार्थीसहित शिक्षाका सबै तहमा सहयोग विस्तार गर्ने प्रयासलाई निरन्तरता दिने बताउनु भयो । उहाँले अध्ययन, खेलकुद र स्वास्थ्य सामाजिक गतिविधिका क्षेत्रमा नेपाली युवालाई प्रोत्साहन गर्नु द्विपक्षीय सहयोगको एक महत्त्वपूर्ण भाग भएको पनि बताउनु भयो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com