काठमाडौं । सहकारी अभियानले ब्यग्र प्रतिक्षा गरेको कर्जा असुली न्यायाधिकरण अन्ततः गठन भएको छ । सहकारी ऐन २०७४ मा व्यवस्था गरिएको कर्जा असुली न्यायाधिकरणको विषयमा अभियानले लामो समयदेखि आवाज उठाउँदै आएपनि बल्ला सुनुवाई भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा कृतिबहादुर बस्नेतको अध्यक्षतामा न्यायाधीकरण गठन गरेको हो । न्यायाधीकरणको सदस्यहरूमा वसन्त पराजुली र गोविन्द शर्मा गैरै रहनुभएको छ ।
बैंक तथा वित्तीय संस्थाको कर्जा असुली सम्बन्धी विवाद हेर्ने ऋण असुली न्यायाधीकरण भए पनि सहकारीको लागि कर्जा असुली सम्बन्धी विवादहरू हेर्ने निकायको अभाव थियो । यसले सहकारीहरुले गरेको लगानी सुरक्षित बनाउने दिशामा सहयोग पुग्ने विश्वास अभियानले लिएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com