Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

लक्ष्मी सनराइज बैंक र आईएफसीबीच साझेदारी

लक्ष्मी सनराइज बैंक र आईएफसीबीच साझेदारी

काठमाडौं । लक्ष्मी सनराइज बैंकले  इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आईएफसी) सँग रणनीतिक परामर्शको साझेदारीमा हस्ताक्षर गरेको छ। 

आफ्नो सञ्चालन प्रभावकारिता अभिवृद्धि र दिगो विकासतर्फ महत्त्वपूर्ण कदम चाल्दै गरिएको साझेदारीले सूचना प्रविधि, बजार, कर्जा र सञ्चालन सम्बन्धी जोखिम व्यवस्थापनलाई सुदृढ बनाउनेका साथसाथै जलवायु फाइनान्स र सप्लाइ चेन फाइनान्स जस्ता दिगो वित्त र आपूर्ति वित्तको प्रवर्द्धन गर्ने गरी दुइ मुख्य क्षेत्रहरुमा आफ्नो पहल केन्द्रित गर्नेछ। 

यस सम्झौता पत्रमा लक्ष्मी सनराइज बैंकका तर्फबट बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाह र आईएफसीका दक्षिण एसियाका क्षेत्रीय प्रबन्धक ९फाइनान्सियल इन्स्टिच्युसन्स ग्रुप – अपस्ट्रिम एन्ड एडभाइजरी० मेहदी चेरकाउईले हस्ताक्षर गर्नुभयो ।

यो साझेदारीले लक्ष्मी सनराइज बैंकको दिगोपनको आधार निर्माण, जोखिम व्यवस्थापनमा सुधार  ग्राहकहरूको दीर्घकालीन हितलाइ प्राथमिकता दिने प्रतिबद्धतालाई अझ सुदृढ बनाएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार