१३ असार, ललितपुर। ललितपुरका २५ वटा स्कुलहरूको साझा संस्था अलार्म नेपालले ललितपुर जिल्लाब्यापी अन्तरस्कुल बुद्धिचाल प्रतियोगिताको आयोजना सम्पन्न गरेका छन्। अलार्म नेपालले आफ्नो वार्षिक क्यालेण्डरमा समाविष्ट गरेको जिल्ला व्यापी अन्तरस्कूल दोस्रो अलार्म नेपाल चेस प्रतियोगिताका विजेता इनस्राइन नेशनल इङ्लिस सेकेन्डरी स्कूललाई एक समारोह बिच आकर्षक च्याम्पियन ट्रफी प्रदान गरेका छन्।
ललितपुरको महालक्ष्मी नगरपालिका स्थित टिकाथलीमा रहेको इनस्राइन नेशनल इङ्लिस सेकेन्डरी स्कूलले ११ अंक म्याच प्वाइन्ट जोडेर उपाधि जितेका हुन्। यस्तै ललितपुर महानगरपालिका स्थित कुमारी पार्टीमा रहेको मेघा सेकेन्डरी स्कुलले ९ अंक म्याच प्वाइन्ट जोडेर उपविजेता बनेका छन् । यसैगरी महानगरकै सानेपामा अवस्थित साइनिङ स्टार सेकेन्डरी बोर्डिङ स्कुलले ८ अंक म्याच प्वाइन्ट प्राप्त गर्दै तृतीय स्थानमा उभिन सफल भएका छन्।
ललितपुरको एकान्त कुनास्थित क्वालिटी रेस्टुरेन्टमा सञ्चालन भएको प्रतिस्पर्धामा ४ विधाका उत्कृष्ट पाँचौं स्थान सम्म प्राप्त गर्ने विद्यार्थीहरूलाई मेडल तथा प्रमाणपत्र वितरण गरेका छन्। जसमा सिनियर छात्रतर्फ हिमालयन इन्टरनेसनल आइडन स्कुलका विद्यार्थी शुभ श्रेष्ठले ४ अंक १६.५ प्रोग्रेसिभ पोइन्टका आधारमा पहिलो बन्दै स्वर्ण पदक प्राप्त गरेका छन्। यस्तै अमर कान्ती सेकेन्डरी इङ्लिस स्कुलका जेबिन डंगोलले रजत पदक, नव प्रभात माविका राजमण्डल, किडल्यान्ड स्कुलका सिमोन पौडेल र नाजरेथ स्कुलका विश्वराज रायले काश्य पदक हात पारेका छन्।
सिनियर छात्रातर्फ इनस्राइन नेशनल इङ्लिस स्कुलका सम्झना घिमिरेले ५ अङ्कका साथ एकल अग्रता लिँदै स्वर्ण पदक प्राप्त गरेका छन्। यसै समूहमा राइजिङ स्टार सेकेन्डरी बोल्डिङ स्कुलका क्रब ज्योति कवर अरोरा ४ अङ्क प्रोग्रेसिभ पोइन्टले द्वितीय बन्दै रजत पदक र एकता एकेडेमीका श्रेया राईले काश्य पदक चुमेका छन्। उनीसँगै अमरकान्ती इङ्लिस सेकेन्डरी स्कुलका संगम घिमिरे र किनल्याण्ड स्कुलका सलिना राईले ३ अङ्क प्रोग्रेसिभ प्वाइन्टका आधारमा चौथो र पाँचौं स्थान प्राप्त गरेका छन्।
यसैगरी जुनियर छात्रतर्फ मयुर स्कुलका अर्जुन बलामीले पूर्ण ५ अङ्क जोडेर स्वर्ण पदक प्राप्त गरेका छन्। मेघा सेकेन्डरी स्कूलका अपूर्व राजोपाध्याय शर्माले ४ अङ्क प्रग्रेसिभ पोइन्टका आधारमा द्वितीय बन्दै रजत पदक र इनस्राइन स्कूलका सुबिन तिमल्सिनाले काश्य पदक प्राप्त गरेका छन्। किडल्यान्ड स्कूलका सप्टेन राई र एकता एकेडेमीका चेतन बहादुर राईले तीन अङ्क प्रोग्रेसिभका आधारमा चौथो र पाँचौं बनेका छन्। त्यसैगरी जुनियर छात्रातर्फ मेघा सेकेन्डरी स्कुलका गरिमा हुमागाईले ५ अङ्क जोडेर स्वर्ण पदक हात पारेकी छिन्।
साइनिङ स्टारका अनुष्का शर्माले ४ अङ्क जोडेर रजत पदक प्राप्त गरिन्। इनस्राइन स्कुलका दीपशिखा खतिवडाले ३ अङ्क प्रोग्रेसिभ पोइन्टका आधारमा काश्य पद प्राप्त गरेकी छिन् भने नाजरेथ स्कुलका अरुणा तामाङ र प्याराडाइज स्कुलका निक्की पासवान क्रमश चौथो र पाँचौं भए। यसैबीच अलार्म नेपालका अध्यक्ष श्रीमती रचना बस्नेतज्यूको सभापतित्वमा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेका थिए।
समापन कार्यक्रमका विशेष अतिथि अलार्म नेपालका वरिष्ठ सल्लाहकार, समाजसेवी कन्हैया सिं कुँवर, नेपाल बुद्धिचाल महासङ्घका कोषाध्यक्ष तारानाथ राणाभाट, प्रवक्ता राजु ताम्राकारले विजयी खेलाडीहरूलाई पुरस्कार वितरण गरेका छन्। प्रतिस्पर्धाको प्रमुख निर्णायक फिडे आर्बिटर सोराज ताम्राकार, फिडे आर्बिटर हरिकृष्ण श्रेष्ठ, नेसनल आर्बिटर असुन राजकर्णीकार र युराज ताम्राकारको टोलीले प्रतियोगिता सञ्चालन गरेको थियो । समापन कार्यक्रममा अलार्म नेपालका उपाध्यक्ष गोविन्द अधिकारी, सचिव गोविन्द अर्याल, कोषाध्यक्षद्वय शान्ति खड्का, बगदेवी राई, मनोज सर, सुमन सर, इन्दिरा म्याडम लगायतको उपस्थिति रहेको थियो।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com