Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

आकाश डिजिटल र धादिङस्थित सहारा महिला सहकारीबीच डिजिटल सम्झौता

आकाश डिजिटल र धादिङस्थित सहारा महिला सहकारीबीच डिजिटल सम्झौता

काठमाडौं । नीलकण्ठ–३, धादिङस्थित सहारा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड र आकाश डिजिटल प्रा. लि. बीच डिजिटल दस्तावेज व्यवस्थापन प्रणाली (DMS) तथा कार्य स्वचालन सफ्टवेयर सञ्चालनसम्बन्धी सम्झौता सम्पन्न भएको छ।
 
सूचना प्रविधिको प्रयोग र सुशासनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सहारा महिला सहकारी अब डिजिटल रूपान्तरणमा उदाहरणीय सहकारीका रूपमा अघि बढेको छ।
 
सहारा महिला सहकारी संस्था नेफ्स्कुनद्वारा सञ्चालित स्तरीकरण कार्यक्रम (२०७३) मा सहभागी भई PROBATION ब्रान्ड प्राप्त गर्न सफल भएको छ। यसका साथै, संस्था नेपाल सरकारद्वारा प्रदान गरिने उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार–२०६३ बाट सम्मानित भइसकेको छ। त्यसैगरी, २०७३ मा महिलाद्वारा सञ्चालित सहकारीहरूमध्ये सर्वोत्कृष्ट सहकारी संस्थाको रूपमा पनि यस संस्थाले राष्ट्रिय स्तरमा पहिचान बनाएको छ।
 
आकाश डिजिटलले हिजो मात्रै दार्चुला स्थित केदारनाथ बचत तथा ऋण सहकारी संस्था लिमिटेडसँग पनि डिजिटल सम्झौता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार