Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

'कागेश्वरी मनोहरा नगरपालिकाको नयाँ भवनमार्फत प्रभावकारी सेवाको नयाँ मानक स्थापित गर्न सक्नुपर्छ'

'कागेश्वरी मनोहरा नगरपालिकाको नयाँ भवनमार्फत प्रभावकारी सेवाको नयाँ मानक स्थापित गर्न सक्नुपर्छ'

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनमार्फत नगरबासीहरुलाई प्रभावकारी सेवा उपलब्ध गराउने दिशामा नयाँ मानक स्थापित गर्नुपर्नेमा जोड दिइएको छ । कार्यवाहक प्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहदेखि प्रतिनिधि सभाका सांसदहरु, राष्ट्रिय सभाका सांसदहरु, संविधानसभा सदस्यदेखि विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले नगरपालिकाको नयाँ सुविधासम्पन्न र ठूलो भवनले नगरबासीहरुलाई सेवा पनि ठूलै दिनुपर्ने भन्दै त्यसका लागि कामना गर्नुभएको छ । नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको आज अयोजित उद्घाटन समारोहका सबै वक्ताहरुले नयाँ भवनले जनताहरुलाई प्रभावकारी सेवा पुर्याउने अपेक्षा र विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि कार्यवाहक प्रधानमन्त्री सिंहले भन्नुभयो, ‘यहाँका स्थानीयहरुलाई नयाँ सुविधासम्पन्न भवनमार्फत प्रभावकारी सेवा दिनेतर्फ नगरपालिकाको ध्यान केन्द्रित हुने विश्वास लिएको छु । समय अनुसार भव्य भवन बनेको छ यो भनेको स्थानीयबासीहरुलाई प्रवाह गर्ने सेवाको प्रभावकारिता वृद्धिका लागि हो । छिटो छरितो होस् भन्नका लागि हो ।’ भवन निर्माण अघि जे जस्तो विषयहरु उठेपनि अब बनिसकेपछि यसको निर्माणको उद्देश्य पूर्तिका लागि सबै मिलेर अघि बढ्नुपर्ने सुझाव पनि प्रमुख अतिथिले राख्नुभयो ।

512737861_1362502604816419_1560641605774753243_n.jpg
undefined

यस्तै, प्रतिनिधिसभा सदस्य एवम् अर्थ समितिका सभापति सन्तोष चालिसेले भन्नुभयो, ‘जत्ति ठूलो भवन त्यतिनै ठूलो सेवा हुनुपर्दछ ।’ उहाँले स्थानीय सरकारले चाहेमा विकास निर्माणका थुप्रै कामहरु गर्न सकिने भन्दै कागेश्वरी मनोहरा नगरपालिकाले पनि जन आकांक्षाहरु सम्बोधन गर्ने दिशामा उल्लेख्य कामहरु गर्दै गएको बताउनुभयो ।

यस्तै, प्रतिनिधिसभा सांसदहरु सोबिता गौतम र प्रतिमा गौतमले पनि नयाँ भवनले नयाँ स्वरुपमा प्रभावकारी सेवा प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँहरुले मुलुकमा केही भएन भन्ने भाष्यहरु चिर्नुपर्नेमा समेत जोड दिनुभयो ।

नगर प्रमुख उपेन्द्र कार्कीले सबैको प्रयासमा भवन उद्घाटन गर्न पाइयो भन्दै यसमार्फत प्रशासनिक सेवाहरुलाई अत्यन्त चुस्त बनाउने वाचा गर्नुभयो । उहाँले भवन निर्माणको परिकल्पनाकारदेखि विभिन्न चरणमा साथ सहयोग गर्नेहरु सबैको उपस्थितिमार्फत ऐक्यबद्धता जाहेर गरेकोमा कृतज्ञता समेत व्यक्त गर्नुभयो । उहाँले  शिक्षा, स्वास्थ्य, खानेपानी र रोजगारी जस्ता जनताका आधारभूत समस्याहरुलाई प्राथमिकतामा राखेर काम अघि बढाइएको बताउनुभयो ।

यस्तै, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नगिलाले नयाँ भवन नगरपालिकाको संस्थागत क्षमताको वृद्धि मात्र नभई नगरबासीप्रतिको उत्तरदायित्व, प्रभावकारी सेवा प्रवाहको प्रतीक भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो भवन कागेश्वर नगरबासीहरुको आस्थाको धरोहर हो । र, सेवा प्रवाहको केन्द्रबिन्दु पनि हो ।’ 

३९ करोड ५४ लाख ६३ हजार ६ सय ९८ रुपैयाँ लागतमा निर्मित नयाँ भवनकरिब ७ रोपनी क्षेत्रफलमा फैलिएको छ । ७ तले भवनको शिलान्यास २०७७ पुस २४ गते गरिएको थियो ।

509992510_1840943226489695_4585228877177363807_n.jpg
undefined
510781106_2841655469363920_6663787989234805719_n.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार