रूपन्देही । तिलोत्तमा नगरपालिका ३ जानकीनगरस्थित डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालक तथा व्यवस्थापक आर्थिक अनियमितता गरी फरार भएका छन् । सोही कारण सदस्यहरु मारमा परेका छन् ।
सहकारी संस्थाका अध्यक्ष घनश्याम तिवारी, सचिव रामबहादुर थापा, उपाध्यक्ष बलराम न्यौपाने, कोषाध्यक्ष सुरेन्द्र बज्राचार्य र व्यवस्थापक वसन्त पराजुलीले सहकारीको करिब ३० करोड रकम हिनामिना गरेको प्रारम्भिक अनुमान गरिएको छ।
सहकारीका सञ्चालक तथा व्यवस्थापक फरार भएपछि सहकारीको कार्यालयमा रहेका खातापाता, अभिलेख, कागजातलगायतका सामग्रीको सुरक्षार्थ वडा कार्यालयले प्रहरीको रोहबरमा तालाबन्दी गरिएको छ। सहकारी समस्याग्रस्त रहेको आशंकामा आन्तरिक लेखापरीक्षण गर्दा करिब ३० करोड हिनामिना भएको पाइएको छ। मंगलबार राति १२ बजे वडाको रोहबरमा कार्यालयमा तालाबन्दी गरिएको हो।
मंगलबार सहकारीको बैठक बसेको थियो। बैठकमा अध्यक्ष, सचिव र व्यवस्थापकले माइन्युट च्यातेर हिँडेपछि घटना सार्वजनिक भएको हो। सहकारीबाट पाँच लाख रुपैयाँ ऋण लगेका व्यक्तिको ८५ लाखको कागजमा ल्याप्चे लगाइएको छ भने १२(१३ लाख बराबरको धितोमा ९५ लाख रुपैयाँ ऋण प्रवाह गरेको देखिएको छ।
त्यस्तै सेयर सदस्य नभएका व्यक्तिको जग्गा धितो राखेर लाखौँ रकम कर्जा प्रवाह गरेको समेत भेटिएको छ। उक्त सहकारीको कुल पुँजी ३८ करोड रुपैयाँ छ। सहकारीमा करिब १९ सय सेयर सदस्य छन्। तीमध्ये ११ सय ऋणी छन् । अध्यक्ष घनश्याम तिवारी, सचिव रामबहादुर तिवारी र व्यवस्थापक वसन्त पराजुली सम्पर्क विहीन छन्।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com