Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

अमेरिकी सिनेट र कंग्रेस दुबैबाट पारित भयो 'बिग ब्युटीफुल बिल'

अमेरिकी सिनेट र कंग्रेस दुबैबाट पारित भयो 'बिग ब्युटीफुल बिल'

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पको कर र खर्चसँग सम्बन्धित विधेयक  (बिग ब्युटीफुल बिल) अमेरिकाको कंग्रेस अर्थात् प्रतिनिधि सभाले पनि पास गरेको छ।  यसलाई अमेरिकाको राष्ट्रिय राजनीतिमा ट्रम्पको विजयका रूपमा हेरिएको छ। बीबीसीका अनुसार अमेरिकाको प्रतिनिधि सभाले बिहीबार दिउँसो २१८ को विरुद्ध २१४ मतले ट्रम्पको विधेयक पारित गरेको हो। 

यसअघि यो विधेयक मंगलबार सिनेटबाट पास भएको थियो ।यो विधेयक जुलाई ४ मा राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेपछि कानुन बन्नेछ। राष्ट्रपति ट्रम्पले रिपब्लिकन पार्टी नियन्त्रित कंग्रेसलाई जुलाई ४ सम्म हस्ताक्षर गरी कानुन बनाउन समयसीमा दिएका थिए। कंग्रेसको बजेट कार्यालयले यो विधेयकले आगामी १० वर्षमा संघीय घाटा ३,३ ट्रिलियन डलर बढाउन सक्ने अनुमान गरेको छ। 

साथै यसले लाखौँ मानिसलाई स्वास्थ्य बिमाबाट वञ्चित गर्ने आशंका पनि गरिएको छ। तर यो कुरा ह्वाइट हाउसले अस्वीकार गरेको छ। राष्ट्रपति ट्रम्पले उक्त विधेयक पारित भएसँगै देशले द्रुत गति दिने विश्वास व्यक्त गरेका छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार