Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

मोनोपोली ढंगले चलेका कारण सहकारीमा समस्या आयो: मन्त्री अधिकारी

मोनोपोली ढंगले चलेका कारण सहकारीमा समस्या आयो: मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले विधि र पद्धतिको आधारमा नभई मोनोपोली ढंगले चलेका कारण सहकारीमा समस्या आएको बताएका छन् । सोही कारण गम्भीर भएर सहकारीहरुलाई विधिसम्मत् सञ्चालन गर्ने वातावरण तयारीमा सरकार लागेको दाबी उनले गरे । नेफ्स्कूनले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री अधिकारीले भने, 'अहिले २२ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेका छौं, अब कसरी सहकारीलाई विधिसम्मत रुपले सञ्चालन गर्ने भन्नेमा हाम्रो ध्यान छ । सहकारी राम्रा छन्, केही सहकारीले गलत गरेको आधारमा सहकारी गलत छन् भन्ने भाष्य उत्पन्न गरिएको छ, यसको अन्त्य गर्नुपर्छ, त्यसका लागि तपाई हामी जागरुक हुन जरुरी छ । अब हामीले गाउँ गाउँमा सहकारी सफल रुपमा सञ्चालन भइरहेका छन् भन्ने उदाहरण देखाएर औचित्य पुष्टि गर्नुपर्ने छ ।'

मन्त्री अधिकारीले सहकारी अध्यादेश ल्याउने क्रममा सामान्य कमजोरी भएको तर त्यसलाई तत्काल सुधार गरेर अगाडि बढेको पनि बताए । उनले भने, 'कमजोरी भएका तत्काल अनुभूति भयो र सुधारको प्रक्रियामा लाग्यौं, अझै पनि सुधार गर्नुपर्ने पक्षहरु छन् भने अभियानको राय सहित अगाडि बढ्न सकिन्छ । आवश्यकता परेको खण्डमा पुरै ऐन नै संशोधन गरेर जानपर्ने पनि हुन सक्छ । हामी सबैलाई महशुस भएको खण्डमा ऐन परिवर्तन गर्न नसकिने पनि होइन । अहिले अप्ठ्यारो परेका कुराहरुलाई फुकाएर काम गर्दै जाऔं ।' 

उनले चैत्र २० गते ६८औं राष्ट्रिय सहकारी दिवसको कार्यक्रममा सहभागिताका लागि पनि सबैलाई आग्रह गरे ।  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार