काठमाडौँ । राष्ट्रिय सभाबाट बजेट आश्रित दुई विधेयक पारित भएका छन् । सभाको आजको बैठकबाट आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२ पारित भएका हुन् । राष्ट्रिय सभाले ती विधेयक पारित गरी प्रतिनिधि सभामा पठाएको छ ।
बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयकलाई सुझावबिना पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस् भनी प्रस्ताव राख्नुभएको थियो । उक्त प्रस्तावलाई सभाले बहुमतले पारित गरेको हो ।
त्यसअघि आर्थिक विधेयकमाथिको दफावार छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री पौडेलले सुन कारोबारलाई पारदर्शी बनाउँदै यससम्बन्धी अन्तरराष्ट्रिय समुदायबाट व्यक्त चासो सम्बोधन गर्न सुनका गहनामा विलासी कर लगाउने निर्णय गरिएको स्पष्ट पार्नुभयो ।
“नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न नीतिगत र कानुनी सुधार आवश्यक छ । यसबाट पर्न सक्ने असर कम गर्न नीतिगत व्यवस्था गरिएको हो । यसबाट सुनको कारोबार पारदर्शी हुनेछ, कारोबारलाई करको दायरामा ल्याउँछ, अवैध कारोबार अन्त्य हुन्छ”, उहाँले भन्नुभयो ।
राष्ट्र ऋण उठाउने विधेयकमाथिको दफावार छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री पौडेलले विनियोजन, राजस्व अनुमान, अन्तरराष्ट्रिय सहयोग, आन्तरिक ऋणलगायत आधारमा आगामी आवको बजेट उत्कृष्ट साबित भएको जिकिर गर्नुभयो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com