काठमाडौं । गोपालप्रसाद रिमालको १०८ औँ जन्म जयन्तीका अवसरमा कवि, गायक एवं निबन्धकार मेघराज शर्मा 'मञ्जुल' लाई रिमाल पुरस्कार प्रदान गरिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रजुघी पन्तको प्रमुख आतिथ्यतामा आयोजना भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य सन्तोषकुमार चालिसे, वरिष्ठ साहित्यकार गंगाप्रसाद उप्रेती सहभागितामा ३० हजार नगदसहित सम्मान गरिएको अध्यक्ष डा. हेमनाथ पौडेलले बताउनुभयो ।
मन्त्री पन्तले मेघराज मन्जुलसँग आफूले लामो समय सहकार्य गरेको र उनले नेपाली गीतसङ्गीत र साहित्यका माध्यमबाट नेपाली समाजमा जागरण ल्याउने कार्यमा उल्लेखनीय योगदान गरेको बताउनुभयो ।
मञ्जुल जस्तो प्रतिभा छनोट गरेर रिमालका नामको पुरस्कार प्रदान गरेकोमा साहित्य सदन नेपाललाई धन्यवाद दिदै मन्त्री पन्तले पुरस्कृत व्यक्तित्व मञ्जुललाई बधाई दिनुभयो ।
सांसद चालिसेले साहित्यकार, कलाकार राज्यका मार्गदर्शक भएको उल्लेख गर्दै उनीहरूको समाज परिवर्तनमा महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।
साहित्य सदन नेपालका संस्थापक सदस्य पूर्व कुलपति गङ्गाप्राद उप्रेतीले मञ्जुलको वैचारिक योगदान बारे प्रकाश पार्दै साहित्य सदनले गरिरहेका गतिविधिप्रति प्रसन्नता व्यक्त गर्नुभयो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com