Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

अपारदर्शी विज्ञापन व्यवसायको गुनासोप्रति विज्ञापन बोर्डको ध्यानाकर्षण

अपारदर्शी विज्ञापन व्यवसायको गुनासोप्रति विज्ञापन बोर्डको ध्यानाकर्षण

काठमाडौं । विज्ञापन बोर्डले विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारण आचारसंहिता २०७९ को पूर्ण पालना गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ। 

अपारदर्शी रुपमा विज्ञापन व्यवसाय गरेको गुनासो आएको भन्दै त्यसो गरेको खण्डमा आचारसंहिताअनुसार कारबाही गरिने चेतावनी दिएको हो। 

‘विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारण आचारसंहिता २०७९ को दफा २० को उपदफा ङ (३) मा ‘विज्ञापन छापेको पृष्ठ वा अंक बजारमा नपठाउने वा गायब गर्ने वा निश्चित स्थानमा मात्र पठाई अन्यत्र जानबाट रोक लगाउने, मिति परिवर्तन गरी विज्ञापन वा सूचना प्रकाशन गर्ने काम गर्नु वा गराउनुहुँदैन’ भन्ने व्यवस्था भएकोले कानुनविपरीतका त्यस्ता क्रियाकलाप भएको पाइएमा विज्ञापन ९नियमन गर्ने० ऐन २०७६ को दफा २५ तथा विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता २०७९ को दफा ३० बमोजिम कारबाही गरिने व्यहोरा जानकारी गराइन्छ’, बोर्डले विज्ञप्तिमा भनेको छ। 

bigyapan_board_chetawani_b0GTWhz9At.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार