Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
गणतन्त्र पक्षधर दलहरुको बैठक

संविधानविपरीत गतिविधि सह्य नहुने

संविधानविपरीत गतिविधि सह्य नहुने

काठमाडौं ।  पछिल्ला दिनमा मुलुकको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र विरुद्ध भइरहेको गतिविधिमा पूर्वराजा प्रमुख जिम्मेवार ज्ञानेन्द्र भएको निष्कर्ष गणतन्त्र पक्षधर प्रमुख दलले निकालेका छन् । सोही निष्कर्षसहित पूर्वराजालाई कारबाहीको दायरामा ल्याउनुपर्ने सुझाव उनीहरूले दिएका छन् । गणतन्त्र पक्षधर दलका बीच साझा धारणा बनाएर संविधान विपरित गतिविधि गर्ने पूर्वराजालाई कारबाहीको दायरामा ल्याउनुपर्ने सुझाव सहभागीहरुले सरकारलाई दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आइतबार सिंहदरबारमा भएको गणतन्त्र पक्षधर दलको बैठकमा सबै दलका नेताले पूर्वराजाकै कारण अराजक गतिविधि बढेको निष्कर्ष निकालेका हुन् । उनीहरूले त्यस्ता गतिविधि गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने सुझाव सरकारलाई दिएका हुन् । 

संविधानविपरीत हुने यस्ता गतिविधि सह्य नहुने ठहर गर्दै प्रमुख दलले त्यस्ता गतिविधिमा संलग्नलाई आवश्यक कानुनी कारबाहीको प्रक्रिया थाल्न सरकारलाई आग्रह गरेको छ ।

यही चैत १५ गते शुक्रबारको घटनाका दोषी पहिचान गरी कारबाही गर्नुपर्ने बैठकको निष्कर्ष रहेको नेता बस्नेतको भनाइ छ ।उनले राजनीतिक दलले पूर्वराजालाई सदासयतापूर्वक व्यवहार गरे पनि पूर्वराजाले संविधान र व्यवस्थाका विरुद्ध गतिविधि गरेकाले सह्य नहुने धारणा राखेको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार