काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गर्नुभएको छ । नेतन्याहूले मंगलबार ह्वाइट हाउसमा ट्रम्पलाई यसबारे जानकारी गराउनुभएको हो । उहाँले ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयनसहित नोबेल कमिटीलाई पठाएको पत्र ट्रम्पलाई देखाउनुभएको थियो ।
नेतन्याहूले भन्नुभयो, ‘म तपाईंलाई मैले नोबेल पुरस्कार समितिलाई पठाएको पत्र देखाउन चाहन्छु । यसमा तपाईंलाई शान्ति पुरस्कारका लागि मनोनयन गरिएको छ, जसको तपाईं पूर्ण हकदार हुनुहुन्छ र तपाईंले यो पाउनुपर्छ।’ ट्रम्पले मध्यपूर्वमा शान्तिका लागि गरेका प्रयासहरूलाई मध्यनजर गर्दै आफूले यो निर्णय गरेको नेतान्याहूले जानकारीगराउनुभएको हो ।
यसअघि पाकिस्तानले पनि ट्रम्पलाई २०२६ को नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गरिसकेको छ। भारत–पाकिस्तानबीचको युद्धको सम्भावनालाई रोक्न ट्रम्पले गरेका कूटनीतिक पहल र मध्यस्थताले ठूलो द्वन्द्व टार्न सहयोग पुर्याएको भन्दै पाकिस्तानले ट्रम्पलाई मनोनयन गरेको हो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com