Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us
रियो द जेनेरियामो ब्रिक्स शिखर सम्मेलन

ब्रिक्ससँग जोडिन खोज्नेहरुलाई अमेरिकी चेतावनी

ब्रिक्ससँग जोडिन खोज्नेहरुलाई अमेरिकी चेतावनी

काठमाडौं । ब्राजिलको रियो द जेनेरियामो ब्रिक्स शिखर सम्मेलन शुरु भएको छ । विकासशील राष्ट्रहरु सम्मिलित मुुलुकका नेताहरुले आइतबार ब्राजिलमा शिखर सम्मेलन सुरु गरेसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 'अमेरिका विरोधी नीतिहरु' को पक्षपोषण गर्ने ब्रिक्स समूहका देशलाई अतिरिक्त १० प्रतिशत भन्सार शुल्क लगाउने चेतावनी दिनुभएको हो ।

जी-७ र जी-२० जस्ता प्रमुख अर्थतन्त्रहरुको समूह आपसी मतभेद र अमेरिकी राष्ट्रपतिको 'अमेरिका फर्स्ट' नीतिले प्रभावित भइरहेका बेला, ब्रिक्सले हिंसात्मक द्वन्द्व र व्यापार युद्धको बीचमा बहुपक्षीय कूटनीतिको आश्रयस्थलको रुपमा आफूलाई प्रस्तुत गरिरहेको छ ।

सम्मेलनको उद्घाटन अवसरमा जारी संयुक्त वक्तव्यमा भन्सार शुल्कको वृद्धिले विश्व व्यापारलाई खतरा पुर्याएको ब्रिक्स समूहले चेतावनी दिएको छ । वक्तव्यमार्फत ट्रम्पको भन्सार नीतिप्रति अप्रत्यक्षरुपमा आलोचना गरिएको थियो । जसको केही घण्टापछि नै ट्रम्पले ब्रिक्ससँग जोडिन खोज्ने देशहरुलाई सजायको चेतावनी दिनुभएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार