काठमाडौं । कलाकार दिपकराज गिरीले अध्यात्मतिर नजोडिएको भए आफू टुटिसकेको हुने भन्दै आत्माको अधिनमा रहनुपर्ने विषयमा जोड दिनुभएको छ । गुरु पुर्णिमाको दिन सामाजिक सञ्जालमा पोष्ट गर्दै उहाँले आफ्ना अन्य गुरुहरुसँगै अनुशासन र ध्यान सिकाउने गुरु आनन्द बिनोदप्रति समेत कृतज्ञता व्यक्त गर्नुभएको छ ।
जीवनका विभिन्न कालखण्डका गुरुहरु स्मरण गर्दै कलाकार गिरीले बीचमा भौतिक र सांसारिक पथबाट आध्यात्मिक पथतिर मार्गदर्शन गराउने गुरुहरुलाई सम्झदै धन्यवाद दिनुभएको छ । उहाँले लेख्नुभएको छ, 'म अध्यात्म तिर नजोडिएको भए बिचमा म टुटि सकेको हुन्थेँ होला , त्यसैले मलाई अनुशासन र ध्यान सिकाउने गुरू आनन्द बिनोदलाई दन्डवत प्रणाम ! यसैगरी, स्कोनमा जोडिएर अझै आफ्नो व्यक्तित्वलाई शुद्ध बनाउने मौका पाएँ, यसको लागि गुरू प्रति प्रभू लगायत सबै स्कोन सम्बद्ध गुरूहरूलाई नमन ! दन्डवत प्रणाम ।‘
'अधि' र 'आत्मा' मिलेर बनेको 'अध्यात्म' शब्दको अर्थ 'आफैंभित्रको यात्रा' हो जसले आत्माको अधीनमा रहन सिकाउँदछ । पछिल्लो समय जीवनका हरक्षेत्रमा सफलता प्राप्त गरेका व्यक्तिहरु कुनै न कुनै रुपमा अध्यात्म, ध्यान, योग र साधनाप्रति समर्पित भएको पाइन्छ । जसको एउटा उदाहरण उम्दा गिरी पनि हुनुहुन्छ । उहाँले पारिवारिक कर्तव्यको कारण विदेश जाने तयारीमा रहेका बखत गुरु दिनेश डिसीसँगको भेटपछि बदलिएको सोच र त्यपछि क्रमशः प्राप्त सफलताको चर्चा गर्दै प्रारम्भका दिनहरूमा रेडियो नेपालमा नाटक सिकाउने मदनदास श्रेष्ठ, स्व दीपक कोइराला, स्व बासुदेब मुनाललाई पनि सम्झनुभएको छ । त्यस्तै, स्कूल कलेजमा पठाउने शिक्षकहरुलाई पनि गिरीले स्मरण गर्नुभएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com