Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

गुरु, पुज्य पात्र : प्रधानमन्त्री

गुरु, पुज्य पात्र : प्रधानमन्त्री

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले गुरु  पूर्णिमाको  शुभकामना व्यक्त गर्दै  सबैको अन्तरतमसम्म उज्यालो फैलियोस् भन्ने कामना गर्नुभएको छ । सामाजिक सञ्जालबाट शुभकामना व्यक्त गर्दै उहाँले हामीलाई अरुमाथि प्रश्न गर्ने होइन, आफ्नो आन्तरिक सत्यमा प्रकाश दिने साक्षात् ‘दीप’ चाहिएको र त्यस्तो दीप विवेक भएको उल्लेख गर्नुभएको छ ।

गुरु पूर्णिमालाई महर्षि व्यास जयन्तीका रूपमा पनि लिइने गरेको  बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभएको छ, “हाम्रो प्राचीन पूर्वीय सभ्यताले आफ्नो अन्तरतम अस्तित्व चिन्न दृष्टि दिने व्यक्तिलाई गुरु भन्छ र संसारको बारेमा सिकाउनेलाई शिक्षक भन्छ । ”

प्रधानमन्त्रीले लेख्नुभएको छ,“गुरु अन्धकारबाट प्रकाशमा पुर्‍याउने र आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् । गुरु पूर्णिमाको पवित्र दिन हामी सबैको अन्तरतमसम्म उज्यालो फैलियोस् । सबैलाई शुभकामना”

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार