Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

४ खर्बले बढ्यो अर्थतन्त्रको आकार

४ खर्बले बढ्यो अर्थतन्त्रको आकार

काठमाडौँ । नेपालको अर्थतन्त्रको आकार ४ खर्बले वृद्धि भएको छ । चालू आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६१ खर्ब पुगेको छ ।  गत आर्थिक वर्ष यस्तो आकार ५७ खर्ब थियो । अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार एक वर्षको अवधिमा राजस्व पनि ७७।३४ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको भन्दा १ खर्ब ८ अर्बले राजस्व बढेको छ । २०८२ असार २६ गतेसम्म १० खर्ब ९७ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ ।

त्यस्तै, पुँजीगत खर्चमा समेत गत वर्षको भन्दा ३६ अर्बले वृद्धि भएको छ । २०८२ असर २६ गतेसम्म २ खर्ब ८ अर्ब पुँजीगत खर्च भएको छ ।

२०८१ असार १८ गतेसम्म दुई हजार एक सय विन्दुमा रहेको नेप्से परिसूचक २०८२ असार २५ गतेसम्म आइपुग्दा दुई हजार ७०५ विन्दुमा पुगेको छ ।

निजी क्षेत्रमा प्रवाहित कर्जा ८.७ प्रतिशतले बढेको छ । गत वर्ष यस्तो कर्जा ५.६ प्रतिशतले बढेको थियो ।

रेमिट्यान्स १५।५ प्रतिशतले वृद्धि भएको छ । चालू आर्थिक वर्षको ११ महिनामा १५ खर्ब ३२ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । जबकि गत आर्थिक वर्षको सोही अवधिमा १३ खर्ब २७ अर्ब भित्रिएको थियो ।

अर्थ मन्त्रालयका अनुसार गत वर्षको तुलनामा ७७।८ प्रतिशतले निर्यात वृद्धि भएको छ भने आयात १३.१ प्रतिशतले वृद्धि भएको छ । यस्तै शोधानान्तर स्थिति ४९२ अर्बले बचतमा हुँदा विदेशी विनिमय सञ्चिति १८ अर्ब ६५ करोड अमेरिकी डलर रहेको छ । १४ महिना वस्तु तथा सेवा आयात धान्ने सञ्चिति पर्याप्तता रहेको छ ।

अर्थतन्त्रका १८ वटा क्षेत्रको सूचकहरू सकारात्मक रहेको अर्थ मन्त्रालयले जनाएको छ । सकारात्मक सुचांकहरुमा यातायात, निर्माण, खानी, विद्युत् तथा ग्यास, व्यापार, बैंक तथा बीमा, उद्योग, घरजग्गा, सूचना प्रविधि, कृषि तथा वन, प्रशासनिक सेवा, स्वास्थ्य सेवा, वैज्ञानिक सेवा, औद्योगिक उत्पादन, शिक्षा, आवास तथा भोजन क्षेत्र रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार