नेपाल राष्ट्र बैंकले आज ल्याएको मौद्रिक नीतिले निजी आवासीय घर निर्माण र खरिद गर्न प्रवाह गर्ने कर्जाको सीमा बढाएको छ । मौद्रिक नीतिले उक्त सीमा बढाएर रु.२ करोडबाट बढाएर रु.३ करोड पुर्याइएको छ । शुक्रबार सार्वजनिक मौद्रिक नीतिमार्फत् केन्द्रीय बैंकले निजी आवसीय घर निर्माण वा खरिद गर्न बैंकबाट लिन पाइने कर्जाको सीमा २ करोडबाट बढाएर ३ करोड बनाउने घोषणा गरेको हो ।
यसैगरी पहिलो घर निर्माण वा खरिद गर्दा कर्जा मूल्य अनुपात ८० प्रतिशत बनाइने र अन्यको हकमा बढीमा ७० प्रतिशतसम्म बनाउने घोषणा गभर्नर डा. विश्वनाथ पौडेलले गर्नुभएको छ ।
‘निजी आवासीय घर निर्माण/ खरिद गर्न प्रवाह गर्ने कर्जाको सीमा रु.२ करोडबाट बढाई रु.३ करोड कायम गरिनेछ,’ मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर पौडेलले भन्नुभयो, ‘पहिलो घर निर्माण/खरिद गर्दा यस्तो कर्जा प्रवाहको लागि कर्जा मूल्य अनुपात बढीमा ८० प्रतिशतसम्म र अन्यको हकमा बढीमा ७० प्रतिशतसम्म कायम गर्न सक्ने व्यवस्था मिलाइनेछ ।’
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com