Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us
तयारी तीव्र

पशुपतिनाथमा साउन महिनामा महायज्ञ तथा महाअनुष्ठानहरु आयोजना हुँदै

पशुपतिनाथमा साउन महिनामा महायज्ञ तथा महाअनुष्ठानहरु आयोजना हुँदै

काठमाडौं । पशुपतिनाथमा यही साउन १ गतेदेखि आयोजना हुने विभिन्न यज्ञयज्ञादिका लागि मण्डपहरु तयार गर्ने काम धमाधम चलिरहेको छ । साउनको १ गतेबाट ऐतिहासिक श्री पशुपति मनकामना पूर्ति तथा सङ्कट मोचन विराट ज्ञान महायज्ञ २०८२ भदौ २१ गतेसम्म आयोजना हुँदैछ । यस्तै, साउन महिनाभर ऐतिहासिक श्री पशुपतिनाथ महात्म्य तथा महाअनुष्ठान २०८२ र श्री शिवमहापुराण तथा पशुपति अतिरुद्र महायज्ञ २०८२ पनि साउन १ गतेदेखि १ महिनासम्म सञ्चालन हुँदैछ ।

यस्तै, अन्य अनुष्ठानहरुसँगै साउनमहिनाभर सोमबार विशेष मेला लाग्ने गर्दछ । साउने सोमबार शिवजीको प्रिय भएकाले पनि उक्त महिनाभरका सोमबार ब्रत बस्ने र महिलाहरुले हरियो पहिरन लगाउने प्रचलन छ । यो वर्ष साउनमा ४ वटा सोमबार परेको छ ।

DSC09567_11zon.jpg

DSC09461_11zon.jpg
undefined
DSC09539_11zon.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार