Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

एकल महिलाहरुद्वारा ‘रातो अबिर’ अभियान प्रारम्भ

एकल महिलाहरुद्वारा ‘रातो अबिर’ अभियान प्रारम्भ

काठमाडौं। प्युठानका एकल महिलाले ‘रातो अबिर अभियान’ प्रारम्भ थालेका छन् ।

सामाजिक विकास डिभिजन कार्यालयले एकल महिलाका लागि आयोजना गरेको क्षमता विकास कार्यक्रमबाट करिब १ सय ५० जना एकल महिलाले यो अभियान सुरु गरेका हुन् ।

श्रीमान् गुमाएर एकल जीवन बिताइरहँदा पनि सेतो पहिरनमा हिँड्नुपर्दा समाजमा अपहेलित हुनुपरेको बताउँदै उनीहरूले रातो अबिर अभियान चलाएका हुन् ।

रातो रंग श्रीमानको उपहार नभएर प्रकृतिको उपहार भएकोले एकल हुँदा रातो रंग प्रयोग गर्न हुँदैन भन्ने सामाजिक कु९संस्कार तोड्न महिलाहरू जुर्मुराएका छन् । कस्तो रंग पहिरन गर्ने भन्ने महिलाहरूलाई स्वतन्त्रता हुनुपर्ने सहभागीहरूले बताए ।

एकल महिलाहरूको क्षमता विकास गर्ने उद्देश्यले आइतबार र सोमबार प्युठानको जुम्रीमा आयोजित कार्यक्रममा सहभागी एकल महिलाहरूले आफ्ना दुःख, कठिनाइ र समाजबाट भएका हेपाइका फेहरिस्त सुनाएका थिए । गाडी चढ्दा समेत साइत बिग्रिने भन्दै चालकले नचढाएको दुःखेसो उनीहरूले पोखे ।

समाजले एकल महिलाहरूलाई तिरस्कृत गरिरहेको, राजनीतिक दलहरूले पनि महिलाहरूको संवैधानिक हक कुण्ठित गरिरहेको रातो अबिर’ अभियानसँगै अधिकारको उपभोगमा लाग्ने एकल महिलाहरूले उद्घोष गरेका छन् ।


कार्यक्रममा सहभागीहरू २१ वर्षमै पति बितेकादेखि ६० वर्षसम्मका थिए । आफूजस्तै थुप्रै महिला भेट्न सबै खुसी भएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार