Sep 21 2026 | २०८३, असोज ५ गते

Sep 21 2026 | २०८३, असोज ५ गते

Follow us
स्वास्थ्य

साउन 'डेङ्‍गु सचेतना महिना'

साउन 'डेङ्‍गु सचेतना महिना'

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउनलाई डेङ्‍गु सचेतना महिनाका रुपमा मनाउने घोषणा गरेको छ । बुधबार मन्त्रालयले आयोजना गरेको कार्यक्रममा उक्त जानकारी गराइएको हो । साउन महिनाबाट डेङ्‍गुको जोखिम बढ्ने हुँदा सुरुवाती चरणमा नै रोग बारे प्रचार प्रसार र समुदाय परिचालन गर्ने उद्देश्यले डेङ्‍गु सचेतना महिना मनाउने घोषणा गरिएको जानकारी गराइएको हो ।

साउन महिनामा लामखुट्टेको प्रजनन स्थल तथा लार्भा खोज तथा नष्ट गर अभियानलाई अगाडि बढाउने सरकारको योजना छ । सरकारले डेङ्‍गु सङ्क्रमण दरमा कमी ल्याउनुका साथै डेङ्‍गुका कारण हुने मृत्युदरलाई घटाउने लक्ष्य लिएको बताइएको थियो ।

साउनदेखि कार्तिक महिनासम्म एडिस लामखुट्टेको प्रजनको जोखिम बढी हुने भएकोले थप सचेत भई कम्तीमा हप्ताको एक पटक यस्ता गतिविधि अनिवार्य सञ्चालन गर्नु आवश्यक छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले खोज र नष्ट गर अभियान हप्तामा एकपटक मात्र नभई लगातार र नियमित गर्नुपर्ने बताउनुभयो । डेङ्गु नियन्त्रण गर्न समाजका सबै तहको सहभागितामा आवश्यक रहेको उहाँले प्रष्ट पार्नुभयो । हरेक शुक्रबार सफा शुक्रबार अभियान सञ्चालन गर्न मन्त्री पौडेलले आग्रह गर्नुभयो । मन्त्री पौडेलले डेङ्गु परीक्षणमा निजी तथा सरकारीको एकरूपमा ल्याउनुपर्नेमा जोड दिनुभयो । 

 डेङ्गु सङ्क्रमण सन् १९९० देखि २०१९ सम्म ८६ प्रतिशतले वृद्धि भएको छ । सन २०२१ यता प्रत्येक वर्ष डेङ्गुका वार्षिक सङ्क्रमितको सङ्ख्या दोब्बर भइरहेको छ । 

सन् २०२४ मा विश्वभर एक करोड ४० लाख भन्दा बढी सङ्क्रमित हुनुका साथै ११ हजार भन्दा बढीको मृत्यु भएको छ । त्यस्तै सन् २०२५ को मे महिनासम्म ३३ लाख सङ्क्रमित र १७ सय भन्दा बढीको मृत्यु भएको थियो । 

नेपालमा विसं २०६१ मा नेपालमा पहिलो पटक चितवनमा विदेशी नागरिकमा डेङ्गु सङ्क्रमण पहिचान भएको थियो । २०६४ देखि २०७८ मा विभिन्न जिल्लामा प्रकोप देखापरेको अन्य जिल्लामा छिटपुट सङ्क्रमित पुष्टि भएको थियो ।  २०८१/८२को जेठ महिनासम्ममा ५० हजार सङ्क्रमित हुनुका साथै र १५ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार