Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
सहकारीको अनुकरणीय अभ्यास

जनउत्थान साकोसको असल अभ्यास, साउन नलाग्दै व्यवस्थापनलाई कार्यविवरण हस्तान्तरण

जनउत्थान साकोसको असल अभ्यास, साउन नलाग्दै व्यवस्थापनलाई कार्यविवरण हस्तान्तरण

काठमाडौं । रुपन्देहीस्थित समुदायमा आधारित, सदस्यमैत्री एवम् स्तरीकृत बचत तथा ऋण सहकारी संस्था जनउत्थानले भोलिदेखि प्रारम्भ हुने नयाँ आर्थिक वर्षका लागि व्यवस्थापनलाई कार्यविवरण हस्तान्तरण गर्ने काम आज नै सम्पन्न गरेको छ । जनउत्थान साकोसले चालु आर्थिक वर्षको अन्तिम दिन आज सुखद सालतमामी सम्पन्न गर्दै नयाँ आर्थिक वर्षलाई थप सुखद र सदस्य सेवी बनाउने तयारी स्वरुप समयमै कर्मचारीहरुलाई आफ्नो काम, कर्तव्य र अधिकारसँगै नयाँ आर्थिक वर्षको व्यावसायिक लक्ष्यहरु उपलब्ध गराएको छ । यस क्रममा अध्यक्ष गिरी प्रसाद पुनले व्यवस्थापन प्रमुख रन बहादुर थापालाई तथा व्यवस्थापन प्रमुख थापाले अन्य विभागीय अधिकृत तथा सेवा केन्द्र प्रमुखहरुलाई कार्यविवरण हस्तान्तरण गर्नुभएको थियो ।

सहकारी संस्थाहरु पनि प्रोफेशनल अर्गनाइजेशन हुन् भन्ने सम्बन्धमा जनउत्थान साकोसको यो कदमले मानक स्थापित गरेको छ । साकोसले विगत लामो समयदेखि यस किसिमको अनुकरणीय अभ्यास गर्दै आएको छ । यसले सहकारीको व्यवस्थापनलाई आफ्नो कामप्रति थप जिम्मेवार, इमान्दार र दृढ संकल्पित बनाउन सहयोग पुग्ने साकोसको विश्वास रहँदै आएको छ । राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा समेत ब्राण्ड प्राप्त गरेको जनउत्थान साकोसले व्यवस्थापकीय चुस्तता प्रदान गर्दै सदस्य सेवालाई थप प्रभावकारी बनाउन यस्ता थुप्रै असल अभ्यासहरु गर्दै आएको छ ।

कतिपय सहकारीहरुले साउन त कतिले केही महिनापछि कार्यविवरण हस्तान्तरणको अभ्यास गर्दै आएका छन् । त्यस्तै अझैं थुप्रै सहकारीहरुमा यो किसिमको अभ्यास नै हुने गरेको छैन । यस सन्दर्भमा स्तरीकरण कार्यक्रममा सहभागी भई पटकपटक ब्राण्ड पाइसकेको जनउत्थान साकोसले भने नयाँ आर्थिक वर्ष लाग्नु पूर्व नै कर्मचारीहरुलाई कार्यविवरण उपलब्ध गराएको हो ।

साकोसले आफ्नो सामाजिक सञ्जालमा उल्लेख गरेको छ, 'सबै अनुशासित शेयर सदस्यहरु, मिहेनती कर्मचारी, काँधमा काँध थाप्ने सञ्चालक, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार तथा विभिन्न उपसमितिहरुको सक्रिय सहयोगको कारण यहि आर्थिक वर्ष२०८१/८२ लाई सुखद क्लोजिङ गर्दै आज प्रमुख कार्यकारी अधिकृत, सबै विभागिय अधिकृत तथा सेवा केन्द्र प्रमुखहरुलाई आ.व. २०८२/८३ को लागि वाषिर्क कार्यविवरण हस्तान्तरण गरियो । सम्बन्धित सबैलाई हार्दिक धन्यवाद र आगामी दिनमा पनि यहाँहरुको यस्तै सहयोगको कामना गर्दछौं । हामी सधै यहाँहरुको सेवाको लागि तत्पर छौं ।'

518365065_1260167915893845_3335322547750290947_n.jpg
undefined
519386479_1260167965893840_2189318784297137684_n.jpg
undefined
520183129_1260167929227177_501675081571975974_n.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार