Sep 21 2026 | २०८३, असोज ५ गते

Sep 21 2026 | २०८३, असोज ५ गते

Follow us

सहकारी क्षेत्र सुधारको लक्ष्यसहित जिम्मेवारी वहन गर्छु : प्राधिकरणका नवनियुक्त अध्यक्ष शर्मा

सहकारी क्षेत्र सुधारको लक्ष्यसहित जिम्मेवारी वहन गर्छु : प्राधिकरणका नवनियुक्त अध्यक्ष शर्मा

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणका नवनियुक्त अध्यक्ष डा. खगराज शर्माले सहकारी क्षेत्र सुधारको लक्ष्यसहित आफूले जिम्मेवारी वहन गर्ने दृढ संकल्प सार्वजनिक गर्नुभएको छ ।  

असार ३० गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट प्राधिकरण अध्यक्ष नियुक्त हुनुभएका शर्माले सामाजिक सञ्जालमार्फत पहिलो प्रतिक्रिया सार्वजनिक गर्दै सहकारी क्षेत्र सुधार आफ्नो लक्ष्य भएको बताउनुभएको हो ।

आज फेसबुकमा आभारसहितको संक्षिप्त पोष्ट गर्दै उहाँले सुन्दर सम्भावना र चुनौतीपूर्ण अवस्था अवस्था व्यहोरेको नेपालको वर्तमान सहकारी क्षेत्रको सुधार, सदस्यहरूको विश्वास अभिवृद्धि, पारदर्शिता र सुशासन सहितको  दिगोपन व्यवस्थापन तथा समग्र मुलुकको आर्थिक रूपान्तरणमा  महत्त्वपूर्ण  योगदान पुर्याउन सहकारी क्षेत्र सुधारको लक्ष्य सहित आफूले यो जिम्मेवारी सम्हाल्ने दृढ संकल्प  व्यक्त गर्नुभएको हो ।

 साथै उहाँले सबैको साथ, सुझाव र सहकार्यको अपेक्षा राख्दै प्राप्त जिम्मेवारीलाई निष्ठा, इमान्दारिता र जवाफदेहीताका साथ संविधान र  कानुनको परिधि भित्र रहेर सत्य ,निष्ठा पुर्वक पूरा गर्ने दृढ संकल्प सहित सार्वजनिक प्रतिबद्वता व्यक्त गर्नुभएको छ । आफूलाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष जस्तो गरिमामय र चुनौतीपूर्ण जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त भएको भन्दै उहाँले नेपाल सरकार, प्रधानमन्त्री  मन्त्रिपरिषद्, अग्रज मान्यजनहरू, सहकारी अभियन्ता लगायत परिवारजनप्रति पनि आभार व्यक्त गर्नुभएको छ ।

२०८१ पुस १४ गते जारी भएको सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ मार्फत मुलुकमा संघ, प्रदेश र स्थानीय तहको कार्यक्षेत्र भित्रका बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थानको नियमन गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन भएको थियो।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा गठित सिफारिस समितिले प्राधिकरणको अध्यक्षका लागि अर्जुनप्रसाद पोखरेल, नारायण पौडेल र डा खगराज शर्माको नाम सिफारिस गरेको थियो । ३ जनामध्येबाट मन्त्रिपरिषद्को बैठकले शर्मालाई अध्यक्षमा नियुक्त गरेको हो । शर्मा तत्कालिन सहकारी विकास बोर्डका सदस्य सचिव हुनुहुन्थ्यो । 

518279359_1043982204510873_740192342690611849_n.jpg
undefined

   

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार