काठमाडौं । राष्ट्रिय सहकारी महासंघ नेपालकी अध्यक्ष ओमदेवी मल्लले केही व्यक्तिले आफ्नो निजी स्वार्थको लागि धनी हुन सहकारीलाई गलत प्रयोग गर्दा समग्र अभियानले पीडा भोग्नुपरेको बताएकी छिन् । उनले सहकारीलाई अवसर मानेर निजी कम्पनी बनाउँदा अभियानले पीडा भोग्नुपरेको बताएकी हुन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र राष्ट्रिय सहकारी महासंघको संयुक्त आयोजनामा राष्ट्रिय सभा गृहमा चैत २० गते बुधबार आयोजित ६८औं राष्ट्रिय सहकारी दिवस तथा अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ मूल समारोह समितिको कार्यक्रम उनले भनिन्, ‘कोरोना महामारीसँगै आर्थिक मन्दी देखियो । अर्को कुरा हामीले लुकाउनु हुँदैन सहकारीलाई निजी कम्पनी जस्तो व्यक्ति धनी हुनका लागि केही व्यक्तिहरुले सहकारीलाई अवसरको रुपमा मानेर आफू धनी हुन खोज्दा त्यसको समस्या पीडा आज सहकारी आन्दोलनले भोगिरहेको ययार्थलाई नर्कान सक्दैनौं ।’
यसका साथै उनले सहकारी क्षेत्रमा समस्या आउनुमा सरकार पनि उत्तिकै जिम्मेवार रहेको बताइन् । २०७४ सालको ऐन र नियमावलीमा भएका कुराहरु आजसम्म लाग्र हुन नसकेको उनको भनाई छ ।
सहकारी सञ्चालकले सदस्यहरुलाई सहकारीको कर्तव्य र जिम्मेवारी बारे बुझाउन नसकेको बताउँदै उनले भनिन्, ‘बचत तथा ऋणको कारोबार गर्ने संस्थालाई समस्या परेको छ । बचतकर्तालाई बचत गर्न सिकायौं तर, बचतकर्तालाई सहकारी तपाईहरुको हो र दुःख सुखमा सहकारीको प्रवद्र्धन गर्नुपर्छ भनेर बुझाउन सकेनौं ।’
अहिले सरकारले सहकारी अभियानले लबिङ गरेका धेरै कुरा पायौं भन्दै उनले आभार व्यक्त गरिन् । ‘समस्याग्रस्त सहकारी व्यवस्थापनका लागि बनेको समितिलाई एउटै व्यवस्थापन समितिले हेर्नुपेर्न थियो । अहिले राष्ट्र बैंकका निर्देशन र मापदण्डमा पनि केही कुरा छन् । जति सहकारी समस्याग्रस्त छन् त्यसलाई हेर्न उत्तिनै विज्ञ टिम बनाउने भनिएको छ । अध्यादेशमा केही कुराहरु पहल गर्दा पनि आउन सकेका छैनन् । यी कुराहरु पनि आगामी दिनमा आउनेछ भन्ने आशा छ । २०७४ सालमा बनेको ऐन अध्यादेश मार्फत संशोधन गरिएको छ ’, अध्यक्ष मल्लले भनिन्र ।
अहिलेको सहकारी क्षेत्रको चुनौतिलाई चिरेर कसरी अघि बढ्ने भन्ने मुख्य कुरा रहेको बताउँदै यसका लागि देशको कानुन सहकारीका अन्तर्राष्ट्रिय मुल्य मान्यता र सिद्धान्तलाई आत्मसात गरेर अघि बढ्न समेत सहकारी अभियानलाई उनले आग्रह गरिन् ।
‘हाम्रो सम्पत्ति भनेको सदस्य हो । प्राथमिक तहदेखि जिल्ला संघका सञ्चालहरुले आफ्ना सदूस्यहरुलाई उनीहरुको सहकारी कुन अवस्थामा चलेको छ । संस्था चलाउनका लागि र अघि बढाउनका लागि हामीले के गर्नपर्छ भन्ने कुरा बुझेर अघि बढ्न्पर्छ’, उनले भनिन् ।
उनले थपिन्, ‘सहकारीमा रकम फिर्ता गर्न समस्या भएका पनि यो यो कारणले बचत फिर्ता गर्न सकेनौं भन्ने समन्यवय गरेर जानुपर्छ त्यता तर्फ सबैको ध्यानाकर्षण होस् ।’
ँ
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com