काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका अन्तर्गतको सहकारी तथा उद्यम विकास शाखाले आफ्नो कार्यक्षेत्रभित्रका सहकारी संस्थाहरुको समस्या समाधानमा तदारुकता देखाउँदै आएको छ । फलतः सहकारी पीडित सदस्यहरुले खाइनखाई गरेको बचत रकम फिर्ता प्राप्त गर्न सफल भएका छन् । सहकारीहरुको प्रवर्धन र विकाससँगसँगै शाखाले विभिन्न कारणले सहकारीहरुमा रकम फसेका सदस्यहरुको बचत फिर्ताका लागि सक्रिय सहजीकरणलाई प्राथमिकतामा राखेको जनाएको छ ।
सदस्यहरुको बचत सुरक्षणलाई नगरपालिकाको सहकारी शाखाले प्राथमिकता दिई सहकारकिा सञ्चालकहरु तथा सदस्यहरुलाई बोलाई समन्वय र सहजीकरणमा तदारुकता प्रदर्शन गरेको हो । जसका कारण आज पनि शाखा प्रमुख विश्वास ज्ञवालीले वडा नं ७ स्थित दिव्यश्वरी बचत तथा ऋण सहकारी संस्था लि. का पिडित सदस्यहरुको बचत फिर्ता सम्भव भएको जानकारी गराउनुभयो । यसअघि साउन १ गते पनि नगरपालिकाको सहकारी तथा उद्यम विकास शाखाको पहलमा उक्त साकोसका पिडित सदस्यहरुको करिब ६ लाख रकम फिर्ता गराउन सहकारी शाखा सफल भएको दाबी प्रमुख ज्ञवालीले गर्नुभयो । त्यस्तै, गत असार ५ गते पनि सहकारी शाखाले वडा नं ५ स्थित अविजित बचत तथा ऋण सहकारी संस्था लि. का पिडित सदस्य बचतकर्ताहरुको करिब १० लाख रकम फिर्ता गरेको थियो ।
यसरी, स्थानीय सरकारले सहकारी समस्या समाधानमा अग्रसरता प्रर्दशन गरेकोमा स्थानीयबासी सहकारी सदस्यहरुले प्रसन्नता व्यक्त गर्दै आगामी दिनमा अन्य सहकारीहरुमा फसेको रकम पनि क्रमशः फिर्ता हुने विश्वास लिएका छन् । समस्यालाई आपसी समझदारी र सहमतिमा सुल्झाउन प्रयास गर्दै आएको सहकारी तथा उद्यम विकास शाखाले त्यसो गर्दा पनि नभए प्रचलित ऐन कानुन अनुसार कारबाही अघि बढाउने काम गर्दै आएको छ ।
आफ्नो क्षेत्राधिकारभित्रका सहकारीहरुको नियमित अनुगमन, पृष्ठपोषण गर्नुका साथै सक्षमता अभिवृद्धिमा काम गर्दै आएको शाखाले यो नयाँ आर्थिक वर्षको नीति, कार्यक्रममा पनि यिनै विषयलाई समावेश गरेको शाखा प्रमुख ज्ञवालीले धिप्री डटकमलाई जानकारी गराउनुभयो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com