Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

बिपीको विचार विश्वकै लागि सान्दर्भिक : डा कोइराला

बिपीको विचार विश्वकै लागि सान्दर्भिक : डा कोइराला

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले जननायक बिपी कोइरालाको प्रजातान्त्रिक समाजवादको विचार विश्वका लागि पनि सान्दर्भिक भएको बताउनुभएको छ ।

बिपी कोइरालाको ४३औँ स्मृति दिवसका अवसरमा आज बिपी स्मृति अस्पताल, बिपी स्मृति प्रतिष्ठान र काँग्रेसको खेलकुद विभागले संयुक्त रूपमा आयोजना गरेको ‘देश विकास र देशवासीको उन्नतीको आधार बिपी’ विषयक अन्तरक्रियामा उहाँले बिपीको विचारमा अहिले मुलुक अगाडि बढिरहेको धारणा राख्नुभयो । 

“बिपीको विचारलाई काँग्रेसले छोड्यो भन्ने यत्रतत्र सुनिन्छ, तर काँग्रेसले बिपीको विचार छाडेको छैन, आज पनि मुलुक बिपीको प्रजातान्त्रिक समाजवादकै बाटोमा अगाडि बढेको छ”, उहाँले भन्नुभयो । डा.कोइरालाले बिपी कोइरालाको अन्तरराष्ट्रिय छवि राम्रो भएको बताउनुभयो। उहाँले बिपी कोइराला विचारमा अडिग नेता भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार