Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

सामाजिक सुरक्षा कोषमा २३ लाख ९० हजार बढी योगदानकर्ता सूचीकृत

सामाजिक सुरक्षा कोषमा २३ लाख ९० हजार बढी योगदानकर्ता सूचीकृत

काठमाडौँ- सामाजिक सुरक्षा कोषले आर्थिक वर्ष २०८१/८२ मा योगदानकर्ताको वृद्ध अवस्था सुरक्षा योजनामा जम्मा भएको रकमको ब्याजबापतको रकम वितरण गरेको छ। कोषले सो योजनाअन्तर्गत २३ लाख ७९ हजार ५८५ योगदानकर्ताको खातामा दुई अर्ब ८४ करोड ४२ लाख २८ हजार ८२८ ब्याज वितरण गरेको जनाएको छ ।

कोषले गत आवमा वृद्धावस्था सुरक्षा योजनामा जम्मा भएको रकममा गत चैत ४ गतेसम्म ५.५ प्रतिशत र चैत ५ गतेदेखि असार मसान्तसम्म पाँच प्रतिशतले ब्याज दिएको हो। कोषमा हालसम्म औपचारिक क्षेत्रका ६ लाख तीन हजार ४२६, वैदेशिक रोजगारीमा रहेका १७ लाख ८५ हजार ५७३, अनौपचारिक ७२० र स्वरोजगार ४२२ गरी कुल २३ लाख ९० हजार १४१ योगदानकर्ता सूचीकृत छन्।

कोषमा ८६ अर्ब ८६ करोड योगदान संकलन भएको छ। कोषले विभिन्न सुविधा योजना अन्तर्गत योगदानकर्तालाई १५ अर्ब ७७ करोड दाबी भुक्तानी गरेको छ। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार