काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालले आर्थिक सुधारको लक्ष्य सरकार एक्लैले पूरा गर्न नसक्ने भन्दै निजी क्षेत्रसँग सहकार्य र सहजीकरण पनि आवश्यक भएको बताउनुभएको छ ।
नेपाल उद्योग परिसंघ (सिएनआई) ले हिजो सार्वजनिक गरेको ‘बजेट वाच’ अध्ययन प्रतिवेदन कार्यक्रममा उहाँले कानुनी सुधारमा मन्त्रालयहरू प्रतिबद्ध रहेको तर कार्यान्वयनमा निजी क्षेत्रको सक्रियता र इमानदारी आवश्यक रहेको उल्लेख गर्नुभयो ।
मुख्यसचिव अर्यालले स्वस्थ प्रतिस्पर्धा बिना निजी क्षेत्र पनि टिक्न नसक्ने भन्दै उत्पादनका नाममा अरूको काम रोक्ने प्रवृत्ति अनुचित भएको बताउनुभयो । निजी क्षेत्रमै अनैतिक व्यापार गर्ने संस्थालाई नियन्त्रण गर्न आवश्यक भएको उहाँको भनाइ थियो ।
कार्यक्रममा नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले चालु वर्षको बजेट सफलतापूर्वक कार्यान्वयन गर्न सके अर्थतन्त्रमा इन्धन भरिने र ‘सय अर्ब डलरको अर्थतन्त्र’ को लक्ष्यमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com