काठमाडौं । कर्पोरेट नेपाल डटकमले आफ्नो ११औं बार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘कर्पोरेट लिडर्स क्यारिकेचर २०२५’ सफलतापूर्वक सम्पन्न भएको छ । नेपालका उद्योगी व्यवसायीहरुसँगै कलाकारहरुलाई प्रवद्र्धन र प्रोत्साहित गर्ने उद्देश्यले नेपालमै पहिलो पटक आयोजित क्यारिकेचर आर्ट प्रदर्शनी सयौंले अवलोकन गरेका छन् ।
कर्पोरेट नेपालको बार्षिकोत्सव समारोहमा बिहीबार बेलुकी उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले चित्रकला प्रदर्शनको उद्घाटन गर्नुभएको थियो । पुल्चोकस्थित द प्लाजामा आयोजित उक्त कार्यक्रममा सहभागीहरुले अवलोकन गरेका थिए भने शुक्रबार र आज (शनिबार) बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा प्रदर्शन गरिएको थियो ।
प्रदर्शनीमा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, महासंघका पूर्वअध्यक्षहरु कुशकुमार जोशी, पशुपति मुरारका, प्रदीपकुमार श्रेष्ठ, शेखर गोल्छा, फोब्समा सूचीकृत नेपालका एक मात्रै डलर अर्बपति विनोद चौधरी, नेपाल उद्योग परिसंघका पूर्वअध्यक्षहरु हरिभक्त शर्मा, व्यवसायीहरु राजेन्द्रकुमार खेतान, कुमुद दुगड, पवन गोल्याण, ज्योत्स्ना श्रेष्ठ, राजेशबाबु श्रेष्ठ, राजबहादुर सिंह, विश्वास ढकाल, यमुना श्रेष्ठ, विदुषी राणा, रामचन्द्र संघाई, उमेश श्रेष्ठ, अन्जन श्रेष्ठ, देवीप्रकाश भट्टचन, एनसेलका सीईओ जब्बोर कायुमोभ, बिष्णु न्यौपाने, सौरभ ज्योति, दीपक मल्होत्रा, लाक्पा सोनाम शेर्पाका क्यारिकेचर आर्टहरु प्रदर्शन गरिएका थिए ।
चित्रकलालाई स्वयम व्यवसायीका साथै आम अवलोकनकर्ताले प्रसंशा गर्दै सुधारका लागि सुझावहरु समेत दिएका छन् । उनीहरुले आगामी दिनमा पनि यस किसिमका कार्यक्रमलाई निरन्तरता दिई व्यवसायिक क्षेत्रलाई समेत चित्रकलामा प्रस्तुत गर्ने अभ्यासलाई कायम राख्न सुझाव दिएका छन् । कर्पोरेट नेपाल आर्थिक पत्रकारिताका क्षेत्रमा स्थापित र लोकप्रिय मिडिया हो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com