Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

नेपाली सेनाद्वारा विना काम घरबाहिर ननिस्कन आग्रह

नेपाली सेनाद्वारा विना काम घरबाहिर ननिस्कन आग्रह

काठमाडौं । नेपाली सेनाले विना काम घर बाहिर ननिस्कन आग्रह गरेको छ । जेनजी आन्दोलनबाट उत्पन्न परिस्थिति पछि मुलुकको समग्र सुरक्षा अवस्थालाई ध्यानमा दिई नेपाली सेनाले सर्वसाधारणलाई अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन अनुरोध गरेको हो  । सेनाले घर तथा गल्लीमा निस्किएका सर्वसाधारणलाई विना काम बाहिर ननिस्किन आग्रह गर्दै घर फर्काएका छन् ।

आकस्मिक सेवामा संलग्नहरूलाई भने सोधपुछ र परिचयपत्रका आधारमा हिंडडुल गर्न अनुमति दिइएको छ।काठमाडौँका सडकमा हिजो राती १० बजेबाट गस्ती थालेको हो । मंगलबार भएको जेनजी आन्दोलनका क्रममा भौतिक संरचनामा भएको क्षतिपछि राति १० बजेदेखि सेनासहित अन्य सुरक्षा निकाय परिचालित छन् ।

प्रदर्शनकारीले आगो लगाएको संसद भवनमा सेनाले सर्वसाधारणलाई प्रवेश गर्न नदिएको छ। यस्तै, अन्य सरकारी तथा संवैधानिक निकायहरूमा पनि सेना र सुरक्षाकर्मीहरू तैनाथ गरिएका छन् । केही ठाउँमा भने बिस्तारै सेनाको तैनाथी गरिदै छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार