काठमाडौं । निर्वाचन आयोगले फागुन २१ मा हुने प्रतिनिधि सभा चुनावका सन्दर्भमा राजनीतिक दलहरूसँग छलफल गरेको छ । संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने २९ राजनीतिक दल र आयोगका पदाधिकारीबीच बिहीबार छलफल भएको हो ।
बैठकमा दलका प्रतिनिधिहरूले घोषित मितिमै निर्वाचन सम्पन्न गर्न सम्बद्ध पक्षसँग निरन्तर छलफल गर्न सुझाएका आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए ।
उनका अनुसार निर्वाचन स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले शान्ति सुरक्षाको उचित प्रबन्ध गरी राजनीतिक दल, उम्मेदवार, निर्वाचनमा खटिने कर्मचारी र मतदातालाई निर्भयपूर्वक सहभागी हुने वातावरण बनाउनुपर्नेमा उनीहरूको जोड छ ।
यस्तै दलहरूले आचारसंहिताको पूर्ण पालना, निर्वाचनलाई कम खर्चिलो बनाउन र विद्यमान विषम् परिस्थितिमा हुन लागेकाले सरोकारवालासँग निरन्तर छलफल गर्न आयोगलाई सुझाव दिएका छन् ।
छलफलमा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आवधिक निर्वाचनभन्दा फरक समय र परिस्थितिमा प्रतिनिधि सभाको निर्वाचन हुन लागेकाले सबै दलहरूलाई सहभागी हुन आग्रह गरे ।
आयोगले पटक पटक सरोकारवालासँग छलफल गरिरहेको बताउँदै उनले स्रोत, साधन र शान्ति सुरक्षाको प्रबन्ध गर्न सरकारले प्रतिबद्धता जनाएको दलहरूलाई जानकारी गराए ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com