काठमाडौं। मधेशी अधिकृत समाज, नेपालले छठ पर्वको बिदा पुनर्विचार गर्न सरकारको ध्यानाकर्षण गराएको छ। चार दिनसम्म मनाइने यस पर्वमा राज्यले हाल एक दिन मात्रै बिदा दिने प्रावधान राखेकामा समाजले असन्तुष्टि जनाउँदै पूर्ण वा कम्तीमा सामुदायिक बिदाको व्यवस्थाको माग गरेको छ।
समाजले जारी गरेको ध्यानाकर्षण पत्रमा भनिएको छ, “छठ कार्तिक शुक्ल चतुर्थीबाट चार दिनसम्म मनाइन्छ। पहिलो दिन ‘नहायखाय’, दोस्रो दिन ‘खरना’, तेस्रो दिन ‘सन्ध्या अर्घ’ र चौथो दिन ‘बिहानी अर्घ’ गरी पूजाको समापन गरिन्छ।”
व्रतालुहरूले लगातार ३६ घण्टासम्म कठोर व्रत बस्ने भएकाले यो पर्व धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण रहेको अधिकृत समाजको भनाई छ ।
संघीयता लागू भएपछि संवत् २०७३ मा दुई दिन बिदा दिने प्रयास भए पनि कार्यान्वयन हुन नसकेको समाजले स्मरण गराउँदै भनेको छ, “चार दिवसीय छठ पर्वमा तीन दिन ९खरना, सन्ध्या अर्घ र बिहानी अर्घ० अत्यन्त व्यस्त हुने भएकाले राज्यले यसमा पुनर्विचार गर्नुपर्छ।”
समाजले संघीय सरकारसँग सबै नेपालीलाई छठ पर्वमा सामूहिक बिदाको व्यवस्था गर्न हार्दिक अनुरोध गरेको छ। साथै, छठ पर्वले सामाजिक सद्भाव, आत्मसंयम र सूर्य उपासना मार्फत पर्यावरण प्रेमको सन्देश दिने भएकाले यसलाई राष्ट्रिय एकताको पर्वका रूपमा मान्यता दिन पनि आग्रह गरिएको छ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com