काठमाडौं । नेपाली लेखक सङ्घ केन्द्रीय सचिवालयको बैठक आज २०८२ पुस १२ गते काठमाडौँमा सम्पन्न भएको छ। बैठकले नेपाली लेखक सङ्घ केन्द्रीय कार्य समितिको पूर्ण बैठक २०८२ माघ १७ गते काठमाडौँको गोकर्णस्थित सहिद पार्कमा आयोजना गर्ने निर्णय गरेको छ।
बैठकले नेपाली लेखक सङ्घ केन्द्रीय समितिको आयोजनामा माघ १७ गते, सहिद पार्कमा नै ''सहिद दिवसको सन्दर्भमा साहित्यिक जमघट'' कार्यक्रम गर्ने निर्णयसहित त्यसका लागि तयारी समिति गठन गरेको छ। समितिमा बिसुकुमार केसी संयोजक, युवराज डिसी, नारायण सापकोटा, सुदर्श आचार्य र पौडेल विमुन्स सदस्य रहेका छन् ।
बैठकले नेपाली लेखक सङ्घ केन्द्रीय समितिद्वारा ''ध्रुवचन्द्र गौतम: लेखनयात्रा र व्यक्तित्व परिचर्चा'' कार्यक्रम आयोजना गर्ने निर्णय समेत गरेको छ। उक्त कार्यक्रमको तयारीका लागि समिति गठन गरेको छ। समितिमा बिसुकुमार केसी संयोजक,मनोज न्यौपाने, अनुपमा रेग्मी, महेन्द्र वाग्ले र पौडेल विमुन्स सदस्य रहेका छन् ।
परिचर्चा कार्यक्रमको मिति र स्थान तयारी समितिले नै तय गर्ने निर्णय समेत आजको बैठकले गरेको संघका उपमहासचिव नारायण सापकोटाले जानकारी गराए ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com