Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

सगरमाथा आरोहीहरुको दोस्रो सम्मेलन ‘एभरेष्ट समिटियर्स समिट–२०२६’ आयोजना गरिंदै

सगरमाथा आरोहीहरुको दोस्रो सम्मेलन ‘एभरेष्ट समिटियर्स समिट–२०२६’ आयोजना गरिंदै

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका स्वदेशी तथा विदेशी आरोहीको दोस्रो सम्मेलन ‘एभरेष्ट समिटियर्स समिट–२०२६’ आउँदो मे २७ अर्थात् २०८३ सालको जेठ १३ गते हुने भएको छ । हिमाल संरक्षण र नेपालको पर्यटन प्रवर्द्धनको क्षेत्रमा लामो समयदेखि क्रियाशील एभरेष्ट एलायन्स नेपालले पत्रकार सम्मेलन गरी मे २७ मा काठमाडौंमा सम्मेलन गर्न लागेको जानकारी गराएको छ ।

एलायन्सका अध्यक्ष सुदर्शन नेपालले अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसर पारेर स्वदेशी तथा विदेशी सगरमाथा आरोहीलाई दोस्रोपटक एउटै मञ्चमा ल्याउन समिट आयोजना गर्न लागिएको बताए । उनले  नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा प्रचार गर्न र हिमाल संरक्षण गर्न गत वर्षदेखि सम्मेलन शुरु गरेको बताउँदै आउँदो वर्ष पनि त्यसलाई निरन्तरता दिने निर्णय भएको जनाए । समिटमा भाग लिन इच्छुक स्वदेशी तथा विदेशी आरोहीका लागि दर्ता खुला गरेको पनि उनले बताए ।

सरकार र विभिन्न पर्यटन सङ्घसंस्थाको सहकार्यमा दोस्रोपटक ‘एभरेष्ट समिटियर्स समिट–२०२६’ आयोजना गर्न लागिएको जानकारी सम्मेलनमा दिइएको थियो ।

एकदिने अन्तर्राष्ट्रिय सम्मेलनमा हिमनदी पग्लिने समस्या, हिमालको फोहोर व्यवस्थापन, आरोहीको समृद्धिलगायत विषयमा छलफल हुने कार्यक्रम रहेको छ ।

हालसम्म स्वदेशी र विदेशी गरी सात हजारभन्दा बढीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसकेका छन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार