काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा आफ्ना नागरिकमाथि भइरहेको दमनविरुद्ध कडा चेतावनी दिँदै आएका छन्। यही क्रममा उनले सोमबार इरानसँग व्यापारिक सम्बन्ध राख्ने देशहरूबाट आयात हुने सामानमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन्।
सरकारविरोधी प्रदर्शन तेस्रो सातामा प्रवेश गरिरहेका बेला अमेरिकाको यो कदमले तेहरानमाथि थप दबाब पर्ने विश्वास ट्रम्पले व्यक्त गरेका छन्।
ट्रम्पले सामाजिक सञ्जालमार्फत उक्त कर तत्काल लागू हुने बताएका छन्। तर ‘इरानसँग व्यापार गर्ने’ भन्ने कुराको स्पष्ट परिभाषा भने उनले दिएका छैनन्। हाल इरानको सबैभन्दा ठूलो व्यापारिक साझेदार चीन रहेको छ। त्यसपछि इराक, संयुक्त अरब इमिरेट्स, टर्की र भारत रहेका छन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेखेका छन्, “इस्लामिक रिपब्लिक अफ इरानसँग व्यापार गर्ने कुनै पनि देशले संयुक्त राज्य अमेरिकासँग हुने हरेक प्रकारको कारोबारमा २५ प्रतिशत भन्सार शुल्क तिर्नुपर्नेछ।” उनले थप लेखेका छन्, “यो आदेश अन्तिम र निर्णायक हो।”
नयाँ भन्सार शुल्क इरानमा प्रदर्शनकारीमाथि भएको दमनपछि घोषणा गरिएको हो। ट्रम्पले इरानमा आमहत्या भइरहेको दाबी गर्दै सैन्य हस्तक्षेपको चेतावनी पनि दिँदै आएका छन्। ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले सोमबार हवाई आक्रमणसहितका सैन्य विकल्पहरू अझै ‘विकल्पको सूचीमै’ रहेको बताएकी छन्।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com