Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

भक्तपुर बचत संघको आयोजनामा संचालकको क्षमता अभिवृद्धि तालिम सम्पन्न

भक्तपुर बचत संघको आयोजनामा संचालकको क्षमता अभिवृद्धि तालिम सम्पन्न

भक्तपुर, २०८२ माघ २४ गते । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. संघको आयोजना र बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.को प्राविधिक सहयोगमा एक दिने 'संचालकको क्षमता अभिवृद्धि तालिम' कमलविनायकमा सम्पन्न भएको छ ।

तालिम समापन कार्यक्रममा संघका अध्यक्ष हरिकृष्ण बल्लले सहकारी नियमानुसार नयाँ संचालक निर्वाचित भएको तिन महिना भित्र संचालकको क्षमता अभिवृद्धि तालिम राख्नुपर्ने व्यवस्था अनुसार तालिमको आयोजना गरिएको बताए ।  उनले सहकारी अभियानलाई सुधार गर्न हालको परिस्थितिमा नेतृत्व रुपान्तरणको आवश्यकता रहेको बताए ।

सहकारी संस्थामा संचालकको सुशासनको कमीकमजोरीका कारण अभियान बदनाम भइरहेकोले संचालकहरु सुशासनमा बस्नुको विकल्प नरहेको बताए । संचालकको क्षमता अभिबृद्धि तालिमले जिल्लाको सहकारी अभियान सुदृढ बनाउन सहयोग पुर्याउन उनको भनाइ थियो । 

Cu1.jpg
undefined

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.को प्रमुख कार्यक्रम अधिकृत केशव प्रसाद दाहालले सहकारीमा हाल नेतृत्वकै खडेरी परेको भन्दै उत्तराधिकारी योजना बनाउनुपर्ने विचार राखे ।

संघका सचिव कान्छाभक्त घजुले कार्यक्रम संचालन गर्दै तालिम कार्यक्रमले नयाँ ज्ञान हासिल गर्ने अवसर मिलेको बताए । सो कार्यक्रममा संघका संचालक समिति, लेखा सुपरिवेक्षण समितिका पदाधिकारी एवम् सदस्यहरु र व्यवस्थापकीय कर्मचारीहरु समेत गरी १५ जनाको सहभागिता थियो । 

Cu.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार