प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खला–२ का प्रतियोगीहरुले आज भेटघाट गर्नुभएको छ । विश्वभर रहेका नेपाली मूलका कलाकारमध्येबाट २३ मुलुकका छानिएका कालाकारसँग प्रधानमन्त्री ओलीले उहाँहरुको प्रतिभा र नेपालीपनको एकत्वको भावनाको विस्तारको अभियानमा शुुभेच्छासहित भेटघाट गर्नुभएको हो ।
इन्ट्रा फाउण्डेसनद्वारा सञ्चालित र नेपाल टेलिभिजनबाट प्रसारित उक्त शृङ्खलाका आयोजक र कलाकारहरुलाई प्रधानमन्त्री ओलीले नेपाली कला, साहित्य, संस्कृति, नृत्य, हाउभाउ आदिलाई जीवन्त बनाउन प्रतियोगीहरुको भूमिका रहने बताउनुुभयो । विश्वका जुनसुुकै कुनामा रहे पनि नेपालीहरुमा रहने जनेटिक मोमोरीले नेपाली कला, संस्कृतिलाई जीवन्त बनाउने उहाँको भनाइ थियो ।
कार्यक्रममा नेपाल, भूटान, भारत, संयुक्त राज्य अमेरिका, र्दुबइ, संयुक्त अधिराज्य बेलायत, अष्ट्रेलिया, जापान, म्यान्मा, पोर्चुगल, मलेसिया, थाइल्याण्डलगायतका नेपाली मूूलका प्रतियोगीहरुको सहभागिता रहेको इन्ट्रा फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले जानकारी दिनुभयो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com