Sep 21 2026 | २०८३, असोज ५ गते

Sep 21 2026 | २०८३, असोज ५ गते

Follow us

मन्दिर सरसफाई मार्फत वातावरण संरक्षणमा टेवा पुर्याउँदै नवीन साकोस

मन्दिर सरसफाई मार्फत वातावरण संरक्षणमा टेवा पुर्याउँदै नवीन साकोस

पोखरा-४ गैह्रापटनस्थित नवीन बचत तथा ऋण सहकारी संस्था लि. ले ६९ ओै राष्ट्रिय सहकारी दिवसको अवसर पारेर पोखरा ३, नदिपुरस्थित नारायणस्थान मन्दिर परिसर सरसफाई गरेको छ । समुदायमा आधारित सदस्य केन्द्रित नवीन साकोसले सामाजिक उत्तरदायित्व अन्तर्गत मन्दिर परिसर सरसफाई कार्यक्रम सम्पन्न गरेको जनाएको छ । संस्थाको कार्यक्षेत्रभित्रका धार्मिक एवम् पर्यटकीय स्थलहरुको सरसफाइमा समुदायकै अभिन्न अंग भएर काम गर्ने सहकारीहरुको संलग्नताले वातावरण संरक्षण गर्दै पर्यावरण स्वच्छ राख्न मद्दत पुग्ने विश्वास नवीन साकोसले लिएको छ ।

उक्त सरसफाई कार्यक्रममा संस्थाको संचालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, उपसमितिहरू र कर्मचारीहरूको उपस्थिति रहेको थियो । नवीन साकोसले बेलाबेलामा यस्ता सामाजिक उत्तरदायित्वका कामहरुमार्फत सहकारीको उपादेयता बढाउने काममा आफूलाई संलग्न गराउँदै लगेको संस्थाका प्रमुख कार्यकारी अधिकृत अपिल कोइरालाले जानकारी गराउनुभयो ।

660090697_1252706390402035_9066484116308293411_n.jpg
undefined
659328501_1252706690402005_7415338068479467850_n.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार