चेतनाथ धमला, बनेपा । जनमत वाङ्मय प्रतिष्ठान नेपालले ४२ औँ वार्षिकोत्सवका अवसरमा स्वदेश तथा विदेशमा रहेका गरी दशजना विशिष्ट साधकहरूलाई जनमत पुरस्कार तथा सम्मान प्रदान गरेको छ । प्रमुख अतिथि संस्कृति शिरोमणि तथा वरिष्ठ लेखक हरिराम जोशीले उक्त पुरस्कार तथा सम्मान प्रदान गर्नुभएको थियो ।
प्रमुख अतिथि जोशीले प्रा.डा. चूडामणि बन्धु (पाल्पा) लाई हृदयचन्द्र जनमत वरिष्ठ साधक सम्मान,मोहन विक्रम सिंह (प्युठान) लाई कमलराज जनमत दर्शन साहित्य सम्मान, प्रा.डा. वीणा पौड्याल (ललितपुर) लाई जनमत-सिचि धर्म/संस्कृति सम्मान, प्रा.डा. कविता लामा (दार्जीलिङ) लाई विश्वशान्ति (जनमत प्रवासी लेखक सम्मान, नन्दकृष्ण जोशी (बझाङ)लाई जनमत-जनक प्रधान सेवा सम्मान ,प्रा.डा. सविना श्रेष्ठ (ललितपुर) लाई जनमत दीपक कायस्थ स्वास्थ्य सम्मान ,डा. बलराम अधिकारी (गोरखा) लाई जनमत(मित्र अनुवाद राष्ट्रिय सम्मान, जगदीश ओझा (बैतडी) लाई जनमत-ज्ञानरत्न/मङ्गलतारा राष्ट्रिय सम्मान, राजभाइ प्रधान (काभ्रे) लाई जनमत-पूर्णमाया/लुचि समाजसेवा सम्मान,डा. गोविन्दप्रसाद आचार्य (अर्घाखाँची) लाई शान्तिकिरण-जनमत फरक क्षमता सम्मानद्वारा सम्मानित गर्नुभयो। साथै, प्रमुख अतिथि जोशीले नेपाली भाषा साहित्यमा जनमतले पुर्याएको योगदान विशेष रहेको चर्चा गर्दै मोहन दुवाल भाषा साहित्यिक क्षेत्रका विशिष्ट साधक र सङ्गठक भएको बताउनुभयो ।
कार्यक्रमका सभाध्यक्ष जनमत वाड्मय प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ स्रष्टा मोहन दुवालले प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूलाई मायाको चिनो र पुस्तक उपहार प्रदान गर्दै जनमत पत्रिकालाई पञ्चायती शासकले दिएको दुस्ख र पीडाका बारेमा बताउनु भयो ।उहाँले विचार प्रधानबाट साहित्यिक पत्रिकाका रूपमा जनमत प्रकाशन हुन थालेपछि देश विदेशमा रहेका नेपाली भाषाका स्रष्टाहरूका लागि साझा माध्यम बनिरहेको बताउँदै साहित्यिक कृति प्रकाशन,पुरस्कार र सम्मान प्रदान गर्दै भाषा साहित्यको क्षेत्रमा महत्त्वपूर्ण काम गरेको बताउनुभयो ।यसैगरी सम्मानित प्रतिभा तथा अतिथिहरूलाई माला अर्पण जनमत मासिकका सम्पादक तथा प्रतिष्ठानका कोषाध्यक्ष भारती श्रेष्ठले गर्नुभयो ।
कार्यक्रममा प्रा.कपिल अज्ञातद्वारा रचित मनका तरानाु गजलसङ्ग्रह विशिष्ट अतिथि मोहनविक्रम सिंह लगायतले सार्वजनिक गर्नुभयो।उक्त कृतिका बारेमा समालोचक डा. कृष्ण सुवेदीले धारणा प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा सम्मानित प्रतिभाका तर्फबाट प्रा.डा. चुडामणि बन्धु र प्रा.डा. कविता लामाले मन्तव्य राख्नुभयो । यसैगरी जनमत बारे डा.छायादत्त न्यौपानेले शुभकामना मनतव्य राख्नुभयो । कार्यक्रममा नन्दकृष्ण जोशीले देउडा ,कवि लक्ष्मी माली ,प्रा.डा.सविना श्रेष्ठ र जगदीश ओझाले कविता वाचन गर्नुभयो । कार्यक्रममा उत्तर बंगबन्धु विश्वविद्यालय भारतका प्राध्यापक सञ्जय राई र सिक्किम विश्वविद्यालयका प्राध्यापक डा.अरूणा राई लगायतको उपस्थिति रह्यो ।
जनमत वाङ्मय प्रतिष्ठानका सचिव सिर्जना दुवालले धन्यवाद ज्ञापन गर्नुएको थियो भने कार्यक्रम सञ्चालन प्रतिष्ठानका तर्फबाट राजु सरकारले गर्नुएको थियो।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com