काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग युद्धविराम लम्ब्याउने बताउनुभएको छ । इरानसँग सम्झौता टुङ्गोमा नपुगेसम्म युद्धलाई विराम दिने उहाँले बताउनुभएको छ ।
पाकिस्तानको आग्रह र मध्यस्थतामा चालिएको यो कदमले तत्कालका लागि पूर्ण स्तरको सैन्य मुठभेड लाई टारेको छ। ट्रम्पका अनुसार इरानी पक्षबाट स्पष्ट प्रस्ताव नआएसम्म र वार्ता कुनै निष्कर्षमा नपुगेसम्म यो युद्धविराम जारी रहनेछ। यो पटक युद्धविरामको समयसीमा नतोकिएका कारण आगामी दिनमा परिस्थिति अनुसार चल्न लचिलोपन प्रदान गर्ने विश्वास गरिएको छ । इरान र अमेरिकाबीच २ साताका लागि गरिएको युद्धविरामको समयसीमा आज अप्रिल २२ मा सकिँदै थियो।
दुई मुलुकबीच स्थायी शान्तिका लागि पाकिस्तानमा दोस्रो चरणको वार्ताको तयारी भइरहेकाले ट्रम्पले युद्धविरामको समय थपिएको घोषणा गर्नुभएको हो । यद्यपि होर्मुज स्ट्रेटमा नाकाबन्दी भने कायमै रहने उहाँले बताउनुभएको छ ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा यो विषय उल्लेख गर्दै भन्नुभएको छ, ‘अपेक्षाअनुसार इरान सरकार आन्तरिक रूपमा विभाजित छ। पाकिस्तानका फिल्ड मार्सल असिम मुनिर र प्रधानमन्त्री सहबाज सरिफले तबसम्म इरानमा आक्रमण रोक्न माग गरेका छन्, तबसम्म उनीहरूका नेता र प्रतिनिधिहरूले साझा प्रस्ताव ल्याउँदैनन् । त्यसकारण मैले हाम्रो सेनालाई नाकाबन्दी जारी राख्न र अन्य मामिलाका लागि पूर्ण रूपमा तयार रहन आदेश दिएको छु। परिणाम जस्तोसुकै होस्, उनीहरूको प्रस्ताव नआएसम्म र वार्ता पूरा नभएसम्म युद्धविराम लम्ब्याइनेछ।’
युद्धविराम लम्ब्याएकोमा पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले ट्रम्पलाई धन्यवाद दिदैं कुटनीतिक प्रयास अगाडि बढ्न सकोस भनी कामना व्यक्त गर्नुभएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com