काठमाडौं । समस्याग्रस्त सहकारी संस्थाका पीडित सदस्यहरूको बचत फिर्ता गर्न स्थापना गरिएको चक्रीय कोषमा सरकारले थप २५ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सहकारीका बचतकर्ताको बचत फिर्ता गर्न यस वर्ष २५ करोड विनियोजन गरेको र थप २५ करोड विनियोजन गर्ने तयारी रहेको जानकारी गराउनुभएको हो ।
चालु आर्थिक वर्षमा विनियोजन गरिएको २५ करोड रुपैयाँका अतिरिक्त सरकारले थप रकम उपलब्ध गराउने तयारी गरेसँगै कोषमा सरकारको कुल योगदान ५० करोड रुपैयाँ पुग्ने भएको छ ।
सरकारले समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना तथा सञ्चालनसम्बन्धी कार्यविधि, २०८३ कार्यान्वयनमा ल्याएको छ । सो कोषमा सरकारको अनुदानका साथै सहकारीका ऋणीहरूको सम्पत्ति बिक्रीबाट प्राप्त रकम समेत जम्मा गरिने व्यवस्था छ । सोही स्रोतबाट पीडित बचतकर्ताको रकम क्रमशः फिर्ता गरिने प्रक्रिया अघि बढाइएको छ । हाल बचत फिर्ता प्रक्रिया सुरु भइसकेको जनाइएको छ ।
विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामा सहकारी क्षेत्रको समस्या समाधानलाई प्राथमिकतामा राखिएको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जानकारी गराउनुभयो । राष्ट्रियसभामा सहकारी क्षेत्रसम्बन्धी छलफलका क्रममा उहाँले पीडित बचतकर्ताको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने सरकारको प्रतिबद्धता दोहोर्याए ।
भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमार्फत बचत फिर्ता प्रक्रिया अघि बढाइएको पनि अर्थमन्त्री वाग्लेले सभालाई जानकारी गराउनुभयो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com