Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

राष्ट्रपति पौडेल र युएईका उपप्रधानमन्त्री नाह्यानबीच शिष्टचार भेट

राष्ट्रपति पौडेल र युएईका उपप्रधानमन्त्री नाह्यानबीच शिष्टचार भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसंग संयुक्त अरब इमिरेट्स (युएई) का उपप्रधानमन्त्री तथा विदेशमन्त्री महामहिम शेख अब्दुल्लाह बिन जायेद अल नाह्यानले शिष्टचार भेट गर्नुभएको छ । मंगलबारदेखि नेपालको दुईदिने औपचारिक भ्रमणमा रहेका युएईका उपप्रधानमन्त्री नाह्यानले राष्ट्रपति भवन शितल निवासमा बुधबार भेट गर्नुभएको हो ।

भेटमा राष्ट्रपति पौडेलले विश्वका सबै देशहरूलाई जलवायु परिवर्तन विरुद्धको कार्यलाई तीव्र बनाउन आग्रह गर्दै श्रोत साधन आवश्यक भएका देशहरूलाई जलवायु परिवर्तन र यसबाट सिर्जित क्षतिपूर्तिका लागि प्राविधिक र आर्थिक सहयोग प्रदान गर्न समेत अनुरोध गर्नुभयो ।

उहाँले विश्व मञ्चहरुमा जलवायु न्यायका लागि आफूले आवाज उठाउँदै आएको र नेपाल जलवायु परिवर्तनको मारमा परिरहेको बताउँदै नेपाल र संयुक्त अरव इमिरेट्सले पहाडी र तटीय मुलुकहरूको रूपमा जलवायु परिवर्तनको प्रतिकूल प्रभावको साझा जोखिमको सामना गरिरहेको र जलवायू परिवर्तनबाट सिर्जित विपदले हाम्रो दूर्लभ श्रोतसाधनलाई प्रतिकुलता प्रदान गरेको उल्लेख गरेको राष्ट्रपतिका प्रेस सल्लहकार किरण पोखरेलले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार