Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

प्रविधिमैत्री सेवाका लागि 'हेलो एनएमसी' अनलाइन पोर्टल सञ्चालनमा

प्रविधिमैत्री सेवाका लागि 'हेलो एनएमसी' अनलाइन पोर्टल सञ्चालनमा

काठमाडौं । नेपाल मेडिकल काउन्सिल (एनएमसी) को सेवा प्रवाहलाई थप पारदर्शी, छरितो, उत्तरदायी र प्रविधिमैत्री बनाउन अनलाइन पोर्टल हेलो एनएमसी सञ्चालनमा आएको छ । पोर्टलमार्फत अब अनलाइन माध्यमबाटै जिज्ञासा, गुनासो, उजुरी तथा सुझाव संकलन गरिने जनाइएको छ । 

‘हेलो एनएमसी’ मार्फत गुनासो तथा उजुरी र सुझाव सङ्कलन गर्नेगरी अनलाइन पोर्टल सञ्चालनमा ल्याइएको एनएमसीको भनाइ छ । एनएमसीले भनेको छ, 'अब आम सर्वसाधारण नागरिक तथा दर्तावाला चिकित्सक महानुभावहरू दुवैले काउन्सिलको कार्यालयमा उपस्थित नभई आफ्ना कुरा सिधै अनलाइनमार्फत दर्ता गराउन सक्नुहुनेछ । काउन्सिलका कामकारबाही, प्रशासनिक सेवा, वा चिकित्सा क्षेत्रसँग सम्बन्धित कुनै पनि विषयमा आफ्ना जिज्ञासा, गुनासो, उजुरी वा सुझावहरू यो पोर्टलमार्फत दर्ता गर्न सकिन्छ ।'

‘हेलो एनएमसी’ सञ्चालनमा आएपछि सर्वसाधारण र दर्तावाला डाक्टर सामान्य गुनासाका लागि काउन्सिलको कार्यालयमा उपस्थित हुनुपर्ने बाध्यता हटेको छ ।  दूरदराजबाट आउने सेवाग्राहीले सामान्य कामका लागि पनि काठमाडौँको कार्यालयमै धाउनुपर्दा समय र खर्च बढी लाग्ने गरेको थियो ।

डाक्टर विरुद्ध उजुरी दिने प्रक्रिया झन्झटिलो हुँदा सर्वसाधारणले सहजै आफ्ना गुनासा दर्ता गराउनसक्ने अवस्था थिएन । यस पोर्टलमार्फत उजुरीकर्ताले आफ्नो पहिचान खुलाएर वा नाम गोप्य राखी उजुरी दर्ता गराउनसक्ने व्यवस्था छ ।

विगतमा उजुरीको अवस्था र कारबाहीको प्रक्रियाबारे जानकारी पाउन कठिन हुने गरेकामा अब उजुरी दर्ता भएपछि प्रणालीले स्वचालित रूपमा एउटा ‘ट्र्याकिङ नम्बर’ उपलब्ध गराउने छ ।

उजुरीमाथि भइरहेको छानबिन वा कारबाहीको अवस्थाबारे सम्बन्धित उजुरीकर्तालाई सिधै एसएमएस र इमेलमार्फत निरन्तर जानकारी गराइने छ । दर्तावाला डाक्टरले doctor.nmc.org.np मा गई आफ्नो व्यक्तिगत एकाउन्टमा लगइन गरेर गुनासो दर्ता गर्न सक्नेछन् । सर्वसाधारणले काउन्सिलको आधिकारिक वेबसाइट www.nmc.org.np मा रहेको ‘हेलो एनएमसी’ पोर्टलमा क्लिक गरी उजुरी दर्ता गर्नसक्ने व्यवस्था मिलाइएको छ । 

730749794_876611725505934_3216032889258221778_n.jpg
undefined

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार