Sep 21 2026 | २०८३, असोज ५ गते

Sep 21 2026 | २०८३, असोज ५ गते

Follow us

बालबालिकालाई सदस्यता दिएको विषयमा आयोगले सोध्यो रास्वपालाई स्पष्टीकरण

बालबालिकालाई सदस्यता दिएको विषयमा आयोगले सोध्यो रास्वपालाई स्पष्टीकरण

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी( रास्वपा) ले बालबालिकालाई पार्टी सदस्यता दिएको विषयमा स्पष्टीकरण सोधेको छ। रास्वपाको हालै चितवनमा सम्पन्न पहिलो महाधिवेशनमा १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई पनि पार्टी सदस्यता दिएको विवरण पेश भएको थियो।

विवरण सार्वजनिक भएपछि आयोगले सोमबार रास्वपा केन्द्रीय कार्यालयलाई पत्राचार गर्दै बालिकालिकालाई राजनीतिक गतिविधिमा संलग्न गराए नगराएको विषयमा जवाफ पेश गर्न भनिएको आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेले जानकारी दिए।

आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टी महाधिवेशनमा प्रस्तुत गरिएको भनिएको प्रतिवेदनमा १८ वर्षमुनिका बालबालिकालाई पार्टीबाट सदस्यता वितरण गरिएको भए त्यस्तो कार्य प्रचलित नेपाल कानून र नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धता विपरित हुने हुँदा उनीहरूलाई पार्टी सदस्यता वितरण भए नभएको सम्बन्धमा यथाशीघ्र विस्तृत जानकारी उपलब्ध गराउन राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा दफा २१९१० अनुसार अनुरोध गरिएको छ ।’

NHRC_Nepal_Press_Note_2083-3-17_page-0001_11zon.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार