काठमाडौं । नवलपुरस्थित मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लि. ले एक्सेस ब्राण्ड प्राप्त गरेको छ । सन् २०२६ मा एशियाली ऋण महासंघ (अकू) द्वारा एक्सेस अडिटमा सफलता हासिल गरी मध्य नेपाल साकोसले एक्सेस ब्रोन्ज प्राप्त गरेको हो ।
यसैबीच, संस्थाका प्रमुख कार्यकारी अधिकृत नरभुपाल भुषालले धिप्री डटकमसँग भन्नुभयो, 'एक्सेस ब्राण्ड प्राप्त गर्नुले हामी सुशासनमा रहेको प्रमाणित गरेको छ । संस्थाको इमेज बिल्डिङ गरेको छ । छविलाई उजिल्याएको छ । सदस्य, समुदाय र सरोकारवालाले हेर्ने दृष्टिकोण थप सकारात्मक हुनेछ । एक्सेस ब्राण्ड प्राप्ति मध्य नेपाल साकोसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचानको प्रमाण पनि हो ।'
उहाँले भन्नुभयो, 'अन्तर्राष्ट्रिय स्तरको एक्सेस ब्राण्ड प्राप्त गर्नु भनेको मध्य नेपाल साकोसले सदस्यहरुको हकहितमा काम गरेको पनि प्रमाणित गरेको छ । सदस्य र समुदाय केन्द्रित रहेको पुष्टि गरेको छ ।'
सर्वोत्कृष्ट भएपछि अबको चुनौती भनेको त्यो उचाइ, अपेक्षा र विश्वास कायम राख्ने, सबै क्षेत्रमा अब्बल हुने तथा सदस्यहरुलाई यसको महत्व र प्रभाव बुझाउँदै थप विश्वास आर्जन गर्ने हो । अहिलेको क्राइसिसमा पनि हामीले मिहेनत गरेको प्रमाणित भएको छ । अब हामीले सदस्यहरुलाई थप सेवा र सुविधा प्रदान गर्नुपर्ने दायित्व बढेको छ ।
२०७७ पुस २८ गते परोपकार, नवप्रगति पृथ्वी र ग्रामीण दिव्यलक्ष्मी सहकारी बीच एकीकरण भइ बनेको मध्यनेपाल साकोसले पछिल्लो समय थप सफलताहरु हात प्राप्त गर्दै गएको छ । मध्य नेपाल साकोस भइसकेपछि संस्थाले प्राप्त गरेको यो पहिलो अन्तर्राष्ट्रिय सफलता हो । नेफ्स्कूनबाट सर्वोत्कृष्ट साकोसका रुपमा पुरस्कृत मध्य नेपाल साकोसले गण्डकी प्रदेशको उत्कृष्ट साकोस तथा राष्ट्रिय सहकारी महासंघबाट २०८२ को उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार समेत प्राप्त गरिसकेको छ ।
एक्सेस अर्थात् A1 Competitive Choice of Excellence in Services and Soundness एशियाली ऋण महासंघ (अकू) को प्राविधिक सहजीकरणमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले सञ्चालन गर्दै आएको गुणस्तर सुनिश्चितता तथा प्रमाणीकरण कार्यक्रम हो । नेपालमा सन् २००६ देखि अभ्यासमा रहेको यस कार्यक्रममा हाल ८० वटा बचत तथा ऋण सहकारी संस्था सहभागी छन् ।
यस वर्ष एक्सेसको निर्धारित स्तर पूरा गरी संस्था एक्सेस अडिटमा सहभागी भएको प्रमुख कार्यकारी अधिकृत नरभूपाल भुषालले बताउनुभयो । नवलपुरको देवचुलीमा अवस्थित मध्यनेपाल साकोसको कुल सम्पत्ति हाल १ अर्ब ६४ करोड बढी रहेको छ । संस्थामा ३३ हजार माथि सदस्य र ४७ कर्मचारी छन् । शुद्ध संस्थागत पूँजी ७.५३ प्रतिशत रहेको मध्यनेपालमा कुल सदस्यको १०.१३ प्रतिशत सदस्यले ऋण सेवा उपयोग गरेका छन् ।
एक्सेस कार्यक्रम मा आधारित गुणस्तर मापनको मानक औजारका रूपमा विकास गरिएको हो । यसमार्फत वित्तीय दृष्टिकोण, सदस्य दृष्टिकोण, आन्तरिक व्यावसायिक प्रक्रिया तथा सिकाइ एवं वृद्धिका क्षेत्रमा कुल ८६ वटा सूचकका आधारमा संस्थाको स्तर मापन गरिन्छ ।
कार्यक्रमअन्तर्गत व्यवस्थापकीय कार्यकुशलता, सुशासनका अभ्यास, प्रविधि, सुरक्षा तथा नियामकीय व्यवस्थाको कार्यान्वयनलगायत विभिन्न पक्षमा प्राविधिक जाँच गरिन्छ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com