Sep 21 2026 | २०८३, असोज ५ गते

Sep 21 2026 | २०८३, असोज ५ गते

Follow us
भोटेकोशीको बाढी

मन्थली साकोसद्वारा उद्धार कोषमा १ लाख योगदान

मन्थली साकोसद्वारा उद्धार कोषमा १ लाख योगदान

काठमाडौं । रामेछापको मन्थली नगरपालिका-१ स्थित मन्थली बचत तथा ऋण सहकारी संस्थाले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राहत तथा पुनःस्थापनामा सहयोग गरेको छ ।

संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख सहयोग गरेको जनाएको छ । अध्यक्ष गोविन्द प्रसाद घिमिरेले जारी गर्नुभएको विज्ञप्तिमा संकटको घडीमा सहकारीले सामाजिक दायित्व बहन गर्दै  हातेमालो गरेको उल्लेख गर्नुभएको छ । विपत्तिको समयमा पीडित परिवारलाई राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको अध्यक्ष घिमिरेले जनाउनुभएको छ । विपत्तिमा परेका नागरिकको पीडा सबैको साझा दुःख भएकाले कठिन समयमा एकअर्कालाई सहयोग गर्नु मानवताको महत्वपूर्ण दायित्व भएको संस्थाले जनाएको छ ।

मन्थली साकोसले बाढीबाट ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, बेपत्ता भएकाहरूको शीघ्र खोजी तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

यसैगरी, मन्थली साकोसले यस दुःखद् र कठिन घडीमा आफ्नो क्षमता र सामर्थ्यअनुसार राहत कोषमा सहयोग गर्न सबैमा हार्दिक अनुरोध समेत गरेको छ ।

WhatsApp Image 2026-09-03 at 13.35.12.jpeg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार