काठमाडौं । काठमाडौंलाई ‘आरोग्य सहर’ बनाउन टोल टोलमा निःशुल्क योग र ध्यान केन्द्र सञ्चालन गरिने भएको छ । यसका लागि काठमाडौं महानगरपालिका र जीवन विज्ञानबीच सेवामा आधारित सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
‘आरोग्यता निर्माणको नेतृत्व महानगरपालिकाले लिएको हो तर, यो हरेक नागरिक सक्रिय सहभागी हुनुपर्ने कार्यक्रम हो’ महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले भन्नुभयो। टोल टोलमा निःशुल्क योग र ध्यानमार्फत काठमाडौंलाई आरोग्य सहरका रुपमा विकास तथा प्रवर्धन गर्न महानगरपालिकाले ‘महानगर आरोग्य जीवन कार्यक्रम’ सञ्चालन गर्ने उहाँले बताउनुभयो ।
गएको असारमा सम्पन्न महानगरपालिकाको नगर सभा १९ औँ अधिवेशनबाट स्वीकृत ‘आरोग्य जीवनका लागि आयुर्वेद, वैकल्पिक चिकित्सा, योग, व्यायाम, प्राणायाम तथा ध्यानमार्फत शारीरिक, मानसिक, आत्मिक स्वच्छ जीवनशैली पद्धतिको प्रवर्धन गरिनेछ’ भन्ने नीति कार्यान्वयन गर्दै निःशुल्क योग र ध्यानका कार्यक्रम सञ्चालन गर्ने भएको हो ।
कार्यक्रमका लागि महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र जीवन विज्ञान प्रतिष्ठानका अध्यक्ष देवी शर्माबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । व्यक्ति, परिवार र मानव समाजलाई आरोग्य जीवनमा अभ्यस्त गराउँदै पर्यावरण, सुशासन र समृद्धिको मार्गदर्शनमा अभ्यस्त गराउनु समझदारीको सैद्धान्तिक पक्ष हो ।
आरोग्यताको आदर्श र संस्कृतिमा आधारित ‘स्वस्थ नागरिक, आरोग्य’ नगरु कार्यक्रमको अवधारणा हो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com