Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

कर्णाली प्रदेशको बजेट अधिवेशन बैशाख २८ देखि

कर्णाली प्रदेशको बजेट अधिवेशन बैशाख २८ देखि

काठमाडौं । कर्णाली प्रदेश सरकारको बजेट अधिवेशन वैशाख २८ गतेदेखि सुरु हुने भएको छ । प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा हिजो बसेको मन्त्रिपरिषद्को बैठकले कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष प्रदेशसभा बैठक आह्वानको सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारद्वारा आह्वान गरिएको उक्त अधिवेशनले आगामी आर्थिक वर्ष २०८२र०८३ को नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्नेछ । त्यसका निम्ति प्रदेश सरकारले बजेटको दायरा बढाउने गरी नीति तथा कार्यक्रमलाई तीव्रता दिएको जनाइएको छ ।  कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पाँचौँ अधिवेशन गत चैत १८ गते अन्त्य भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार